default_image

1 month ago

January 12, 2025

च्याम्पियन्स ट्रफीका लागि न्युजिल्याण्ड टोलीको घोषणा

1066 views

0 Bookmark

एजेन्सी – पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्याण्डको टोली घोषणा भएको छ ।

न्युजिल्याण्ड क्रिकेट बोर्डले आइतवार मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । तीव्र गतिका बलर लोकी फर्गुसन र बेन सियर्सले पुनरागमन गरेका छन् ।

सियर्स, विल ओुरोर्के र नाथन स्मिथलाई आइसिसीको प्रतियोगिताका लागि पहिलो पटक छनोट गरिएको छ । यस्तै, श्रीलंकाविरुद्धको टि ट्वान्टी आई र एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका जेकब डफीलाई ट्राभल रिजर्भमा राखिएको छ ।

न्युजिल्याण्डले पाकिस्तान र दक्षिण अफ्रिकाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै च्याम्पियन्स ट्रफीको अन्तिम तयारी गर्नेछ । च्याम्पियन्स ट्रफीमा एकदिवसीय विश्व कप २०२३ को शीर्ष ८ टोलीको सहभागिता रहेको छ ।

न्युजिल्याण्ड, पाकिस्तानसहित समूह ए मा बंगलादेश र भारत छन् । न्युजिल्याण्डले फेब्रुअरी १९ मा घरेलु टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

न्युजिल्याण्डको टोली
मिचेल सान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कन्वे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, विल ओरोर्के, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, बेन सियर्स, नाथन स्मिथ, केन विलियम्सन र विल योङ ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.