3 hours ago
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा परेका छन् ।
पाकिस्तान सुपर लिगले शुक्रवार जारी गरेको डायमण्ड क्याटगोरीमा सन्दीपलाई पनि समावेश गरेको हो । सन्दीपले २०१८/१९ को सिजन लाहोर कलन्दर्सबाट पिएसएल खेलिसकेका छन् ।
यसअघि गत बुधवार जारी सिल्भर क्याटगोरीको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका थिए । सिल्भर क्याटगोरीमा नेपाली खेलाडी आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी रहेका थिए ।
पिएसएलमा अनुबन्ध हुने खेलाडी ड्राफ्टबाट छनोट गरिने छ । पिएसएलका अनुसार खेलाडी ड्राफ्ट १३ जनवरीमा पाकिस्तानको लाहोरमा हुनेछ ।
दशौं संस्करणको पिएसएल १० अप्रिलमा सुरु हुनेछ । लिगमा अघिल्ला संस्करणमा जस्तै यस पटक पनि ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को साताबाट सुरु हुने आइसिसी यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार पूजा महतोको कप्तानीमा रहेको टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीले टोलीको बिदाइ गरे । क्यानले शनिवार पूजाको कप्तानीमा १५ सदस्यीय […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय टि ट्वान्टी लिग(आईएल टि ट्वान्टी) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । कुशल र दीपेन्द्र शुक्रवार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । आईएल टि ट्वान्टीमा कुशल डेजर्ट भाईपर्समा अनुबन्ध हुँदा दीपेन्द्रलाई भने गल्फ जायन्ट्सले अनुबन्ध […]
January 10, 2025
एजेन्सी – साउदी प्राे लिगमा क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले अल–ओखडुदलाई हराएको छ । साडियो मानेको २ गोलमा बिहीवार नासरले अल–ओखडुदमाथि ३- १ को पुनरागमन जित निकालेको हो। अर्को गोल रोनाल्डोले गरे । सावियर गोडविनले ओखडुदका लागि गोल गरे । गोडविनले छैठौं मिनेटमा नै गोल गरेर ओखडुदलाई अघि बढाए । नासरका मानेले २९औं मिनेटमा बराबरी […]