2 months ago
January 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले जय ट्रफी मेन्स एलिट कपमा फेरि बराबरी खेलेका छन् ।
बागमतीको ब्याटिङ जारी रहँदा अन्तिम दिन बिहीबारको खेल समाप्ति भएसँगै खेल बराबरीमा सकिएको हो । २ सय ४ रनको लक्ष्य पछ्याएको बागमतीले ८० रनमा ५ विकेट गुमाएको अवस्थामा दिनको समाप्ति भएसँगै दुवै टोलीले बोनस बाहेकको समान १ अंक पाएका हुन् ।
बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ३३ रन जोडे । रित गौतम १६ तथा नन्दन यादव १३ रनमा आउट भए । आर्मीका आकाश चन्द र पवन कार्कीले समान २ तथा कुशल मल्लले १ विकेट लिए ।
आर्मीले पहिलो इनिङ्समा ७६ रनको अग्रता लिएको थियो । दोस्रो इनिङ्समा १ सय २७ रन थप्दै आर्मीले इनिङ्स समाप्तिको घोषणा गरेको थियो । दोस्रो इनिङ्समा आर्मीले २ सय ३ रनको अग्रता लिएपछि बागमतीले २ सय ४ रनको लक्ष्य पाएको थियो ।
दोस्रो इनिङ्समा आर्मीका लागि तृत राज दासले सर्वाधिक २८ रन जोडे । कप्तान विनोद भण्डारी २७ तथा इम्रान शेख १५ रनमा आउट हुँदा कुशल मल्ल २१ रनमा नट आउट रहे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङ्समा निर्धारित ६० ओभरमा ५ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो ।
आर्मीका लागि ओपनर इमरान शेखले सर्वाधिक ७२ रन जोडे । उनले १ सय ४ बलमा ११ चौका प्रहार गरेका थिए । पहिलो विकेटका लागि इमरानले अर्का ओपनर तृत राज दाससँग मिलेर १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए । तृत राजले ७८ बलमा ४४ रन बनाएका थिए ।
बसिर ६४ बलमा ५३ रन बनाउँदै नट आउट रहे । बसिरले कुशल मल्लसँग मिलेर छैठौं विकेटका लागि नट आउट ६९ रनको साझेदारी गरे । कुशल ४३ बलमा ३५ रनमा नट आउट रहे । भीम सार्की ५१ बलमा ३२ रन बनाउँदै आउट भए ।
बागमतीका लागि विपिन आचार्यले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । सन्दीप प्रतियोगितामा १ सय रन खर्चिने पहिलो बलर बने । उनले २२ ओभरमा १ सय ३ रन खर्चिए ।
बागमतीले पहिलो इनिङमा ९ विकेटको क्षतिमा २ सय रन जोडेर इनिङ्स समाप्तिको घोषणा गरेकक थियो। बागमतीका लागि नन्दन यादवले सर्वाधिक ५१ रन जोडे । शुभ कसांकार ३४, उत्तम थापा मगर २८, रित गौतम २१, विपिन आचार्य २० तथा प्रतिस जिसी र आशुतोष घिरैया समान ११ रनमा आउट भए ।
आर्मीका आकाश चन्दले ३ तथा साहब आलम, पवन कार्की र सोमपाल कामीको समान २ विकेट लिए । आर्मीले बोनसमा १५ अंक पाएको छ । यसका साथै दुई खेलमा ३० अंकका साथ आर्मी दोस्रो स्थानमा छ ।
बागमतीले भने बोनसमा १२ अंक पाएको छ । दुई खेलमा २८ अंकका साथ बागमती तालिकाको तेस्रो स्थानमा छ । दुवै टोलीले पहिलो खेल पनि बराबरी खेलेका थिए ।
प्रतियोगिताको बाँकी खेल तालिका –
जनवरी ११ देखि १२ सम्म
नेपाल पुलिस क्लबविरुद्ध बागमती प्रदेश – जनकपुर
त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेश – वीरगंज
जनवरी १४ देखि १६ सम्म फाइनल खेल – वीरगंज
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]