default_image

15 hours ago

January 8, 2025

पिएसएल ड्राफ्टमा ६ नेपाली खेलाडी

8882 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् ।

पाकिस्तान सुपर लिगले बुधवार जारी गरेको सिल्भर समूहको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन् ।

ड्राफ्टमा परेका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी छन् ।

पिएसएलको खेलाडी ड्राफ्टबाट छनोट गरिने छ । पिएसएलका अनुसार खेलाडी ड्राफ्ट १३ जनावरीमा पाकिस्तानको लाहोरमा हुनेछ ।

दशौं संस्करणको पिएसएल १० अप्रिलमा सुरु हुनेछ । लिगमा अघिल्ला संस्करणमा जस्तै यस पटक पनि ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

January 8, 2025

दुई अर्धशतकमा आर्मीको मजबुत योगफल

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले दुई अर्धशतकको सहयोगमा बागमती प्रदेशविरुद्ध मजबुत योगफल तयार गरेको छ । जय ट्रफी मेन्स एलिट कपको चौथो खेलको पहिलो इनिङमा ओपनर इमरान शेख तथा बसिर अहमदको अर्धशतकको सहयोगमा आर्मीले बागमतीविरुद्ध बलियो योगफल तयार गरेको हो । टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे आर्मीले पहिलो इनिङका लागि निर्धारित […]

January 8, 2025

कुशलको अर्धशतकमा पुलिस अग्रता बढाउँदै

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको अर्धशतकमा जय ट्रफी मेन्स एलिट कप दुई दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध पहिलो इनिङमा अग्रता बढाएको छ । बुधवार सुरु भएको प्रतियोगिताको तेस्रो खेलमा पहिलो दिनको समाप्तीसम्म पुलिसले मधेश सामू ४५ रनको अग्रता बनाएको छ । पहिलो इनिङमा उसको २० ओभर बाँकी नै रहँदा ७ विकेट पनि […]

January 8, 2025

सन्दीपले बनाए जय ट्रफीमा २ नयाँ कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले जय ट्रफी मेन्स एलिट कपमा दुई नयाँ कीर्तिमान बनाएका छन् । जनकपुरमा जारी आफ्नो दोस्रो खेलमा सन्दीपले एकै इनिङमा सर्वाधिक रन खर्चिने कीर्तिमान बनाएका हुन् । विभागीय टोली त्रिभुवन आर्मीसँग जारी खेलमा सन्दीपले यस्तो कीर्तिमान बनाएका हुन् । उनले २२ ओभरमा २ विकेट लिएर १ सय ३ […]

Success

Thank you for your time.