2 months ago
January 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले दुई अर्धशतकको सहयोगमा बागमती प्रदेशविरुद्ध मजबुत योगफल तयार गरेको छ ।
जय ट्रफी मेन्स एलिट कपको चौथो खेलको पहिलो इनिङमा ओपनर इमरान शेख तथा बसिर अहमदको अर्धशतकको सहयोगमा आर्मीले बागमतीविरुद्ध बलियो योगफल तयार गरेको हो ।
टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे आर्मीले पहिलो इनिङका लागि निर्धारित ६० ओभरमा ५ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो ।
आर्मीका लागि ओपनर इमरानले सर्वाधिक ७२ रन जोडे । उनले १ सय ४ बलमा ११ चौका प्रहार गरेका थिए । पहिलो विकेटका लागि इमरानले अर्का ओपनर तृत राज दाससँग मिलेर १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए । तृत राजले ७८ बलमा ४४ रन बनाएका थिए ।
बसिर ६४ बलमा ५३ रन बनाउँदै नट आउट रहे । बसिरले कुशल मल्लसँग मिलेर छैठौं विकेटका लागि नट आउट ६९ रनको साझेदारी गरे । कुशल ४३ बलमा ३५ रनमा नट आउट रहे । भीम सार्की ५१ बलमा ३२ रन बनाउँदै आउट भए ।
बागमतीका लागि विपिन आचार्यले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । सन्दीप प्रतियोगितामा १ सय रन खर्चिने पहिलो बलर बने । उनले २२ ओभरमा १ सय ३ रन खर्चिए ।
बागमतीले आजै आफ्नो पहिलो इनिङको सुरुवात गरेको छ । बागमतीले सुरुवात राम्रो गर्न सकेन । पहिलो दिन बुधवारको खेल समाप्ति हुँदा बागमतीले ५ विकेट गुमाएर १ सय २४ रन जोडेको छ ।
पहिलो इनिङमा बागमती १ सय ५२ रनले पछि रहेको छ । बागमतीका नन्दन यादव र विपिन आचार्य क्रिजमा रहेका छन् । बागमतीका लागि शुभ कसांकार ३४, उत्तम थापा मगर २८, रित गौतम २१ तथा आशुतोष घिरैया ११ रनमा आउट भए ।
आर्मीका आकाश चन्दले ३ तथा सोमपाल कामीको नाममा २ विकेट लिए । दुवै टाेलीले पहिलो खेल बराबरी खेलेका थिए । आर्मीकाे १४ अंक हुँदा बाेनसका कारण बागमतीकाे १५ अंक छ ।
प्रतियोगिताको बाँकी खेल तालिका –
जनवरी ११ देखि १२ सम्म
नेपाल पुलिस क्लबविरुद्ध बागमती प्रदेश – जनकपुर
त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेश – विरगंज
जनवरी १४ देखि १६ सम्म फाइनल खेल – विरगंज
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]