2 months ago
January 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले जय ट्रफी मेन्स एलिट कपमा दुई नयाँ कीर्तिमान बनाएका छन् ।
जनकपुरमा जारी आफ्नो दोस्रो खेलमा सन्दीपले एकै इनिङमा सर्वाधिक रन खर्चिने कीर्तिमान बनाएका हुन् । विभागीय टोली त्रिभुवन आर्मीसँग जारी खेलमा सन्दीपले यस्तो कीर्तिमान बनाएका हुन् ।
उनले २२ ओभरमा २ विकेट लिएर १ सय ३ रन खर्चिएका हुन् । सन्दीपले अघिल्लो खेलमा मधेश प्रदेशविरुद्ध सर्वाधिक रन खर्चिएको आफ्नै कीर्तिमान तोडेका हुन् । त्यो खेलमा सन्दीपले १७ ओभरमा ५ विकेट लिदै ८८ रन खर्चिएका थिए ।
सन्दीपले एकै इनिङमा सर्वाधिक ओभर बलिङ गर्ने कीर्तिमान पनि बनाएका छन् । यसअघि आर्मीविरुद्ध नै नेपाल पुलिसका ललितनारायण राजवंशीले २० ओभर बलिङ गरेका थिए । सन्दीपले २२ ओभर बलिङ गर्दै सो कीर्तिमान तोडेका हुन् ।
आर्मीले बागमतीविरुद्ध पहिलो इनिङमा तोकिएको ६० ओभर खेलेर ५ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ ।
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]