default_image

2 months ago

January 6, 2025

साहबको कीर्तिमानी बलिङका बाबजुद बराबरीमा रोकियो आर्मी

2305 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले कीर्तिमानी बलिङ गरे पनि त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ ।

जय ट्रफी मेन्स एलिट कपको सोमवार सकिएको विभागीय डर्बी बराबरीमा सकिएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेट गुमाएर ८८ रन जोडेको थियो ।

पुलिसका लागि अमित श्रेष्ठले सर्वाधिक ३६ रन जोडे । राशिद खान १० रनमा आउट हुँदा अर्जुन साउदले खेल बराबरी गर्न ९४ बलको सामना गर्दै १९ रन बनाए ।

पहिलो इनिङ्समा ४ रनले पछि परेको आर्मीले दोस्रो इनिङ्समा १ सय ७५ रन जोडेको थियो । आर्मीले दोस्रो इनिङ्समा १ सय ७१ को अग्रता लिदै पुलिसलाई १ सय ७२ रनको लक्ष्य दिएको थियो ।

आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ८२ रन जोडे । सोमपालले १ सय ३८ बलमा १० चौका र एक छक्का प्रहार गरे ।

तृत राज दास ३४, भीम सार्की १५ तथा विवेक यादव ११ रनमा आउट हुनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिसका लागि कुशल भुर्तेलले ४, गुलशन झाले ३ तथा ललितनारायण राजवंशीले २ विकेट लिए ।

त्यसअघि विरगंजमा आइतवार टस हारेर आर्मीले पहिले ब्याटिङ गरेको थियो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक २५ रन जोडे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

भीम सार्की २२, कप्तान विनोद भण्डारी २१, बसिर अहमद १२ रनमा आउट हुँदा पवन कार्कीले नट आउट १५ रन जोडे ।

पुलिसका लागि ललितले १४.४ ओभरमा ४७ रन खर्चिएर ७ विकेट हात पारे । राशिद खान, कुशल भुर्तेल र श्रवण यादवले समान १ विकेट लिए ।

पहिलो इनिङ्समा पुलिसले पनि खास प्रदर्शन गर्न सकेन । पुलिस पनि १ सय २५ रन जोड्दै अल आउट भएको थियो । पुलिसका लागि गुलशनले सर्वाधिक ४७ रन जोडे । अमित श्रेष्ठ १८, राशिद खान १६, शंकर राना १३ तथा दिलिप नाथ १० रनमा आउट भए ।

आर्मीका लागि साहब आलमले १५.१ ओभरमा ५९ रन खर्चिएर ८ विकेट लिए । जय ट्रफीको एकै इनिङ्समा ८ विकेट लिने साहब पहिलो खेलाडी हुन् । सोमपाल कामी र पवन कार्कीले समान १ विकेट लिए ।

बराबरी कारण पुलिसले नियमित एक तथा बोनसको १४ अंक पाएको छ । पुलिसको जम्मा १५ अंक भएको छ ।

उता, आर्मीले नियमित एक तथा बोनसको १३ गरि १४ अंक पाएको छ ।

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

Success

Thank you for your time.