8 years ago
February 20, 2017
मुम्बई (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) २०१७ अन्तर्गत मंगलबार भएको खेलाडी लिलामीमा इङ्ल्यान्डका अल राउन्डर बेन स्टोक्स साँढे १४ करोड भारतीय रुपैयाँमा राइजिङ पुने वारियर्समा आबद्ध भएका छन् । पुनेसँग आबद्ध भएका स्टोक्स आइपिएलका दोस्रो महँगा खेलाडी हुनेछन् । सर्वाधिक कमाउने विदेशी खेलाडी भने स्टोक्स पहिलो नम्बरमा आँउछन् । रोयल च्यालेन्जर्स बेगंलोरर्सले भारतीय कप्तान विराट कोहलीलाई सबैभन्दा बढी १५ करोड भारतीय रुपैयाँ तिरेको छ ।
त्यस्तै इङ्ल्यान्डका तीब्र गतिका बलर टिमल मिल्सलाई १२ करोड तिर्दै बेगंलोरले सर्वाधिक कमाउने बलर पनि बनाएको छ । त्यस्तै इङ्ल्यान्डका अलराउन्डर क्रिस वोक्सलाई कोलकाता नाइट राइडर्सले ४ करोड २० लाख भारतीय रुपैयाँ खर्चियो भने ब्याट्सम्यान ओइन मोर्गन पन्जाबमा २ करोडमा विक्री भए ।
अर्का ब्याट्सम्यान जेसन रोय १ करोड भारतीय रुपैयाँमा गुजरातमा आबद्ध भए । इङ्ल्यान्डका अलराउन्डर क्रिस जोर्डनले हैदराबादबाट खेल्दा ५० लाख भारतीय रुपैयाँ कमाउने भएका छन् । मोर्गन, रोय र जोर्डन सबै न्यूनतम तोकिएको रकममा बिक्री भएका हुन् ।
त्यस्तै एसोसिएट खेलाडीमा अफगानिस्तानका मोहमद नाबी र १८ बर्षिय स्पिनर रासिद खान हैदराबादमा आबद्ध भएका छन । नाबीलाई ३० लाख खर्चेको हैदराबादले रासिदलाई ४ करोडमा खरिद गरेको हो । युएइका ब्याट्सम्यान चिराग सुरी भने गुजरातसँग १० लाख भारतीय रुपैयामा आबद्ध भए ।
अनुभवी खेलाडी इरफान पठान, आरपी सिंह र इशान्त शर्मालाइ कुनै टोलीले खरिद नगरेको अवस्थामा भारतका लागी कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेलेका मोहम्मद सिराज भने ३ करोड ५ लाखमा हैदराबादले भित्राएको छ ।
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – वान डे क्रिकेट एकेडेमी र फरेभर क्रिकेट व्बाईज क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेटको काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन् । सोमबार मुलपानी क्रिकेट मैदानमा वान डेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’लाई ५७ रनले पराजित गर्यो । सोमवारको पहिलो खेलमा वान डेले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य पछ्याएको हिमालयन १३ ओभरमा […]
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विवेक यादवको अर्धशतक तथा कमल गुप्ताको ५ विकेट सहयोगमा सिवाईसी अत्तरियाले लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा अत्तरियाले क्रिकेट एक्सीलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई ८६ रनको फराकिलो अन्तरले हराएको हो । १ सय ४३ रनको लक्ष्य पछ्याएको सिइसीले १२.२ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनायो । सिइसीका लागि […]
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत थाइल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । आइतवार सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनको जित हात पारेको हो । थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अल आउट भयो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेटी डि लिडेले सर्वाधिक २५ […]