3 months ago
January 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी दुईदिवसीय मेन्स एलिट कपको पहिलो दिनका खेलहरु सकिएका छन् ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा सुरु प्रतियोगिता मधेश प्रदेशमा जनकपुर र विरगंज शहरमा हुदैछ । पहिलो दिनको खेल सकिदा कुनै पनि खेलको अन्तिम नतिजा आएको छैन । आइतवारबाट सुरु भएका दुवै खेलहरुको अन्तिम नतिजा सोमवार मात्र आउने छ ।
तर, पहिलो दिनमा टोलीहरुले गरेको प्रदर्शनका आधारमा सहभागी सबै टोलीको अंक तालिकामा स्थान तय भएको छ । पहिलो दिनको प्रदर्शनका आधारमा कुन टोली कुन स्थानमा छन् त तल हेर्नु होला :
१) नेपाल पुलिस क्लब (७ अंक)
त्रिभुवन आर्मीविरुद्ध लिएको दश विकेट = पाँच अंक (प्रतियोगिताको नियम अनुसार एक विकेट बराबर सम्बन्धित टोलीले ०.५ अंक पाउने छ ।)
आर्मीविरुद्ध नै बनाएको १ सय ३ रन = दुई अंक (प्रतियोगिताको नियम अनुसार प्रत्येक २५ रन बराबर ०.५ अंक सम्बन्धित टोलीले पाउने छ ।)
२) त्रिभुवन आर्मी क्लब (५.५ अंक)
नेपाल पुलिस क्लबविरुद्ध लिएको सात विकेट = ३.५ अंक(प्रतियोगिताको नियम अनुसार एक विकेट बराबर सम्बन्धित टोलीले ०.५ अंक पाउने छ ।)
नेपाल पुलिस क्लबविरुद्ध बनाएको १ सय २१ रन = २ अंक(प्रतियोगिताको नियम अनुसार प्रत्येक २५ रन बराबर ०.५ अंक सम्बन्धित टोलीले पाउने छ ।)
३) बागमती प्रदेश (५.५ अंक)
मधेश प्रदेशविरुद्ध लिएकोदश विकेट = पाँच अंक(प्रतियोगिताको नियम अनुसार एक विकेट बराबर सम्बन्धित टोलीले ०.५ अंक पाउने छ ।)
मधेश प्रदेशविरुद्ध बनाएको ३४ रन = ०.५ अंक(प्रतियोगिताको नियम अनुसार प्रत्येक २५ रन बराबर ०.५ अंक सम्बन्धित टोलीले पाउने छ ।)
४) मधेश प्रदेश (३ अंक)
बागमती प्रदेशविरुद्ध लिएको दुई विकेट = एक अंक(प्रतियोगिताको नियम अनुसार एक विकेट बराबर सम्बन्धित टोलीले ०.५ अंक पाउने छ ।)
बागमती प्रदेशविरुद्ध बनाएको १ सय २ रन = दुई अंक(प्रतियोगिताको नियम अनुसार प्रत्येक २५ रन बराबर ०.५ अंक सम्बन्धित टोलीले पाउने छ ।)
यसरी तयार हुनेछ अन्तिम अंक तालिका –
प्रतियोगिताको खेल तालिका –
जनवरी ५ देखि ६ सम्म
बागमती प्रदेशविरुद्ध मधेश प्रदेश – जनकपुर
नेपाल पुलिसविरुद्ध त्रिभुवन आर्मी क्लब – विरगंज
जनवरी ८ देखि ९ सम्म
त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेश – जनकपुर
मधेश प्रदेशविरुद्ध नेपाल पुलिस क्लब – विरगंज
जनवरी ११ देखि १२ सम्म
नेपाल पुलिस क्लबविरुद्ध बागमती प्रदेश – जनकपुर
त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेश – विरगंज
जनवरी १४ देखि १६ सम्म फाइनल खेल – विरगंज
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]
March 23, 2025
एजेन्सी – इशान किसनको आक्रमक शतकीय इनिङसँगै सनराइजर्स हैदरावादले आइपिएलमा राजस्थान रोयल्स विरुद्ध सानदार प्रदर्शन गरेको छ । किसनले नटआउट १ सय ६ रन बनाएपछि हैदरावादले ६ विकेटको नोक्सानीमा २ सय ८६ रनको विशाल योगफल तयार पारेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा राजस्थानले टस जितेर हैदरावादलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो। आइपिएल इतिहासमा यो दोस्रो […]