2 months ago
January 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगितामा कप्तान सन्दीप लामिछानेको ५ विकेट लिए पछि मधेश प्रदेश सस्तैमा समेटिएको छ ।
आइतवार सुरु भएको खेलको पहिलो इनिङ्समा मधेश प्रदेश १ सय २ रनमा अल आउट भएको हो । बाक्लो हुस्सु लागेका कारण करिब २ घण्टा ढिला सुरु भएको खेलमा मधेश ३५.३ ओभरमा नै अल आउट भएको हो ।
जनकपुरमा जारी खेलमा मधेशले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । मधेशका लागि ओपनर मयन यादवले सर्वाधिक २१ रन जोडे ।
विशाल पटेल १६, निरज यादव १२, अभिषेक तिवारी ११ तथा हिमाशुं दत्त १० रनमा आउट भए । बागमतीका लागि कप्तान सन्दीपले १४ ओभरमा ४१ रन खर्चिएर ५ विकेट लिए ।
सूर्य तामाङले तीन तथा प्रतिश जिशी र नन्दन यादवले समान १ विकेट लिए । आजै पहिलो इनिङ्सको सुरुवात गरेको बागमतीले मध्यम सुरुवात गरेको छ ।
पहिलो दिनको खेल सकिदा बागमतीले २ विकेट गुमाएर ३४ रन जोडेको छ । बागमतीका शुभ कसांकार २२ तथा इशान पाण्डे ९ रनमा नट आउट छन् ।
रित गौतम ३ रनमा आउट हुँदा आशुतोष घिरैयाले रनको खाता नै खोल्न सकेनन् । मधेशका लागि रुपेश सिंह र विशाल पटेलले समान १ विकेट लिए ।
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]