3 months ago
January 5, 2025
एजेन्सी – पाहुना टोली भारतलाई पाँचौ टेस्टमा पराजित गर्दै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ ।
तीन दिनमा आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै जुनमा इङ्ग्ल्याण्डमा आयोजना हुने डब्लुटिसी फाइनलका लागि छनोट भएको छ । फाइनल पुग्ने अस्ट्रेलिया दोस्रो टोली बनेको छ । यसअघि दक्षिण अफ्रिकाले फाइनलमा पुगिसकेको छ ।
१ सय ६२ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले सर्वाधिक ४१ रन जोडे ।
बेयु वेबस्टर र ट्राभिस हेड नट आउट रहे । बेयुले ३९ तथा हेडले ३४ रन जोडे । साम कन्स्टास २२ तथा स्टिभ स्मिथ ४ रनमा आउट भए ।
भारतले पहिलो इनिङ १ सय ८५ र दोस्रो इनिङमा १ सय ५७ रन बनाएको थियो। अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ८१ रन बनाएको थियो।
अस्ट्रेलियाले यो जितसँगै बोर्डर गावास्कर ट्रफी ३-१ ले आफ्नो पक्षमा पार्दै डब्लुटिसीको फाइनल पुगेको हो। हारपछि भारत डब्लुटिसीको फाइनल दौडबाट बाहिरिएको छ ।
पहिलो टेस्टमा भारत २ सय ९५ रनले विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिदा चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो ।
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]
March 23, 2025
एजेन्सी – इशान किसनको आक्रमक शतकीय इनिङसँगै सनराइजर्स हैदरावादले आइपिएलमा राजस्थान रोयल्स विरुद्ध सानदार प्रदर्शन गरेको छ । किसनले नटआउट १ सय ६ रन बनाएपछि हैदरावादले ६ विकेटको नोक्सानीमा २ सय ८६ रनको विशाल योगफल तयार पारेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा राजस्थानले टस जितेर हैदरावादलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो। आइपिएल इतिहासमा यो दोस्रो […]