2 months ago
January 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपको पहिलो दिन आज दुई खेल हुँदैछन् ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा एलिट कप मधेश प्रदेशको जनकपुर र वीरगंजमा हुँदैछ । वीरगंजमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी खेल्दैछन् । जनकपुरमा बागमती प्रदेश र मधेश प्रदेशका बीचमा खेल हुनेछ । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।
दुई दिवसीय फर्म्याटमा खेलाईने खेलमा चार टोलीको सहभागिता रहेको छ । सिङ्गल राउण्ड रोविनका आधारमा लिग चरणका खेल हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । क्यानका अनुसार फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।
प्रतियोगिताको खेल तालिका –
जनवरी ५ देखि ६ सम्म
बागमती प्रदेशविरुद्ध मधेश प्रदेश – जनकपुर
नेपाल पुलिसविरुद्ध त्रिभुवन आर्मी क्लब – विरगंज
जनवरी ८ देखि ९ सम्म
त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेश – जनकपुर
मधेश प्रदेशविरुद्ध नेपाल पुलिस क्लब – विरगंज
जनवरी ११ देखि १२ सम्म
नेपाल पुलिस क्लबविरुद्ध बागमती प्रदेश – जनकपुर
त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेश – विरगंज
जनवरी १४ देखि १६ सम्म फाइनल खेल – वीरगंज
सहभागी टिमको अन्तिम नामावली –
मधेश प्रदेशको टोली
हरि शंकर शाह(कप्तान), मयन यादव, साहिल पटेल, रुपेश सिंह, अभिषेक तिवारी, राजेश यादव, भुलवान साहनी, विशाल पटेल, हिमाशुं दत्त, प्रदिप पासवान, अरफुदीन रेन, रञ्जित कुमार, राहुल मण्डल, शैलेन्द्र शाह र निरज कुमार यादव
वैकल्पिक खेलाडीहरु
अरनिको यादव, विशाल सुशलिङ, राज पटेल र सफवान अलि
नेपाल पुलिसको टोली
आरिफ शेख(कप्तान), कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दीलिप नाथ, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, अर्जुन साउद र दिपक सेरला
बागमती प्रदेशको टोली
सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी
त्रिभुवन आर्मी क्लबको टोली
विनोद भण्डारी(कप्तान), भीम सार्की, शाहब आलम, सुमित श्रेष्ठ, सोमपाल कामी, पवन कार्की, आकाश चन्द, सन्तोष कार्की, इम्रान शेख, तृत राज दास, बसिर अहमद, विवेक यादव, नरेन साउद, दुर्गेश गुप्ता र कुशल मल्ल
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेसको लक्ष्यमा रहेको न्युजिल्याण्ड बंगलादेशसँग खेल्दैछ । बंगलादेश र न्युजिल्याण्डबीचको खेल पाकिस्तानस्थित रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार सोमवार दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड […]
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]