2 months ago
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) –किंग्स क्रिकेट एकेडेमीले स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
काठमाडौं स्युचाटारस्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा आज भएको फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्यो ।
५९ रनको लक्ष्य पाएको किंग्सले ९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए । उनै प्लेयर अफ द फाइनल पनि घोषित भए ।
यस्तै प्रदिप चन्दले १७, प्रसिद्ध श्रेष्ठले अविजित ८ तथा नरेन्द्र चन्दले अविजित ६ रन बनाए । ओपनरद्वय आश्रय र प्रदिपले ४० रनको साझेदारी गर्दै जितको आधार तयार गरे । ग्रेट हिमालयका नितेश कुमार र सन्दिप पराजुलीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ५ विकेट क्षेतीमा ५८ रन बनायो ।
टोलीका सक्षम बस्ताकोटीले सर्वाधिक १७ रन बनाए । रुपेश श्रीवास्तवले १२, सरोज खत्रीले अविजित ९ रन बनाए। किंग्सको बलिंगमा आश्रय अधिकारी र प्रसिद्ध श्रेष्ठले समान १ विकेट लिए ।
किंग्सले उपाधिसहित १ लाख रुपैयाँ पायो। उपविजेता ग्रेट हिमालयले ४० हजार रुपैयाँ प्राप्त गर्यो । प्लेयर अफ द सिरिज घोषित टिम बिडिएमएसका निरज भट्ट घोषित भए जसले १० हजार रुपैयाँ पाए ।
यस्तै उत्कृष्ट बलर पनि निरजनै घोषित भए भने उत्कृस्ट ब्याटर टिम बिडीएसका जतिन थापा घोषित भए। उत्कृष्ट ब्याटर र बलरले समान ५ हजार रुपैयाँ पाए ।
तारकेश्वर युथ क्लबको आयोजनामा ८ दिन संचालित प्रतियोगितामा २० टोलीको सहभागिता रहेको थियो।
प्रतियोगिताका निर्देशक संजय अधिकारीले प्रतियोगिता उत्साहजनक रुपमा सम्पन्न भएको र आगामी वर्ष यो भन्दा अझ भव्य बनाउने बताए ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेसको लक्ष्यमा रहेको न्युजिल्याण्ड बंगलादेशसँग खेल्दैछ । बंगलादेश र न्युजिल्याण्डबीचको खेल पाकिस्तानस्थित रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार सोमवार दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड […]
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]