1 month ago
January 4, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलरहरु चम्कँदा पाँचौ टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया सस्तैमा समेटिएको छ ।
बोर्डर गावास्कर ट्रफीको पाँचौ तथा अन्तिम टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया १ सय ८१ रनमा समेटिएको हो । अस्ट्रेलियाका लागि बेयु वेबस्टारले सर्वाधिक ५७ रन जोडे । यसै टेस्टमा डेब्यु गरेका उनले १ सय ५ बलको सामना गर्दै ५ चौका प्रहार गरे ।
स्टिभ स्मिथ ३३, ओपनर साम कोन्स्ट्यास २३ तथा एलेक्स केरी २१ रनमा आउट भए ।
भारतका लागि मोहम्मद सिराज र प्रसिद्ध कुष्णाले समान ३ तथा जसप्रित बुमराह र नितिशकुमार रेड्डीले समान २ विकेट लिए । भारतले लिएको सबै १० विकेट नै तीव्रगतिका बलरले लिएका थिए ।
पहिलो इनिङ्समा चार रनको अग्रता लिएको भारतले दोस्रो दिन शनिवारको समाप्तिसम्म छ विकेट गुमाएर १ सय ४१ रन थपेको छ ।
दोस्रो दिनको समाप्ती सम्म भारतले १ सय ४५ रनको अग्रता बनाएको छ । भारतका लागि रविन्द्र जडेजा र वासिंटन सुन्दर क्रिजमा रहेका छन् ।
त्यसअघि भारतका लागि ऋषभ पन्तले सर्वाधिक ६१ रन जोडेका थिए । उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए । यसश्वी जैसवालले २२ तथा केएल राहुल र शुभमन गिल समान १३ रनमा आउट भए । अस्ट्रेलियाका लागि स्कट बोल्याण्डले ४ तथा कप्तान प्याट कमिंस र बेयु वेबस्टारले समान १ विकेट लिए ।
शुक्रवार सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारत १ सय ८५ रनमा अल आउट भएको थियो । भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४० रन जोडे । रविन्द्र जडेजा २६, कप्तान जसप्रित बुमराह २२, शुभमन गिल २० तथा विराट कोहली १७ रनमा आउट भए ।
अस्ट्रेलियाका लागि तीव्रगतिका बलरहरु चम्किएका थिए । स्कट बोल्याण्डले ४, मिचेल स्टार्कले ३, कप्तान प्याट कमिंसले २ तथा नाथन लायनले १ विकेट लिएका थिए । अस्ट्रेलियाका लागि नौ विकेट तीव्रगतिका बलरले आफ्नो नाम गरेका थिए ।
पहिलो टेस्टमा भारत २ सय ९५ रनले विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिदा चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो । यसका साथ सिरिजमा अस्ट्रेलिया २-१ ले अघि रहेको छ ।
वर्ल्र्ड टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) को फाइनलमा स्थान बनाउँने सम्भावना कायमै राख्न भारतलाई यो टेस्ट जित्नै पर्ने दबाब छ । अस्ट्रेलिया भने यो टेस्टमा जितका साथ डब्लुटिसीको फाइनलमा स्थान पक्का गर्न चाहन्छ । दक्षिण अफ्रिकाले यसअघि नै डब्लुटिसीको फाइनलमा स्थान बनाइसकेको छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]