3 months ago
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ओपनर आसिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन् ।
पर्सा वीरगन्ज निवासी २३ वर्षीय आसिफले आरजु खातुनसँग शुक्रवार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् । आसिफका दाजु आरिफ शेखको बिहीवार विवाह भएको थियो ।
आसिफ ३ वर्ष यता राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् । घरेलु क्रिकेटमा आसिफ विभागीय टोली नेपाल एपिएफ क्लबमा आबद्ध छन् ।
हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)मा आसिफ जनकपुर बोल्ट्सका मार्की खेलाडी थिए । फाइनलमा आसिफको कप्तानमा रहेको बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज गुजरात टाइटन्स र पञ्जाब किंग्सबिच खेल हुदैछ । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा घरेलु टोली र पञ्जाबबीचको खेल नेपाली समय अनुसार मंगलवार बेलुका ७ः४५ मा सुरु हुनेछ । पञ्जाबले आइपीएल २०२५ को मेगा अक्सन अघि भएको खेलाडी रिटेन्सनमा केवल प्रभसिमरन सिंह र शशांक सिंहलाई मात्र रिटेन गरेका थिए […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 24, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितका लागि २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । मिचेल मार्स र निकोलस पुरनले विस्फोटक ब्याटिङ गर्दै उत्कृष्ट सुरुवात दिलाए अन्य ब्याटरको प्रदर्शन सामान्य रह्यो । विशाखापटनमा जारी खेलमा लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रन बनाएको […]