3 months ago
January 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टोली नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ ।
पुलिसले शुक्रवार आरिफ शेखको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । पुलिसका नियमित कप्तान दीपेन्द्रसिंह ऐरी युएईमा हुने अन्तर्राष्ट्रिय लिग टि ट्वान्टी (आईएल टि ट्वान्टी) मा सहभागी हुन गएकाले पुलिसले आरिफलाई कप्तानीको जिम्मेवारी दिएको हो ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ ।
पुलिसको पहिलो खेल उद्घाटनकै दिन त्रिभुवन आर्मी क्लबसँग रहेको छ । दोस्रो खेलमा मधेश प्रदेशसँग खेल्ने पुलिसले लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशको सामना गर्ने छ ।
जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता रहने छ ।
सिङ्गल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल हुनेछ । क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा खेलाइने छ ।
नेपाल पुलिसको टोली
आरिफ शेख(कप्तान), कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दीलिप नाथ, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, अर्जुन साउद र दिपक सेरला
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 24, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितका लागि २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । मिचेल मार्स र निकोलस पुरनले विस्फोटक ब्याटिङ गर्दै उत्कृष्ट सुरुवात दिलाए अन्य ब्याटरको प्रदर्शन सामान्य रह्यो । विशाखापटनमा जारी खेलमा लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रन बनाएको […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज मधेशसँगको खेलमा टाई भएपछिको सुपर ओभरमा गण्डकी प्रदेश विजयी भएको छ। सुपर ओभरमा गण्डकीले २ विकेट गुमाएर २२ रन बनाएको थियो। जवाफमा मधेशले कुनै विकेट नगुमाई ९ रन मात्र बनाउन सक्यो । ‘यसरी भयो टाई’ जारी प्रतियोगितामा सुपर ओभर भएको यो पहिलो खेल यो […]