1 month ago
January 2, 2025
एजेन्सी – ब्याटर कुशल परेराको शतकको सहयोगमा श्रीलंकाले घरेलु टोली न्युजिल्याण्डविरुद्ध सान्त्वना जित हात पारेको छ ।
न्युजिल्याण्डसँगको तेस्रो टि ट्वान्टी आईमा श्रीलंका ७ रनले विजयी भएको हो । तेस्रो खेल श्रीलंकाले जिते पनि यसअघिका दुवै खेल जितेर न्युजील्याण्डले सिरिज भने जितिसकेको थियो ।
श्रीलंकाले दिएको २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ११ रन मात्र जोड्न सक्यो ।
न्युजिल्याण्डका लागि ओपनर रचिन रविन्द्रले सर्वाधिक ६९ रन जोडे । उनले ३९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर टिम रोविन्सन २१ बलमा २ चौका र २ छक्काको सहयोगमा ३७ रनमा आउट भए ।
ड्यारल मिचेल १७ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३५ रनमा आउट हुँदा ज्याक्रि फुल्केसले १३ बलमा नट आउट २१ रन जोडे । श्रीलंकाका लागि कप्तान चरिथ अशलंकाले ३, वानिन्दु हसरंगाले २ तथा विनुरा फर्नान्डो र नुवान तुषाराले समान १ विकेट लिए ।
त्यसअघि नेल्सनमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन जोडेको थियो । श्रीलंकाका लागि कुशलले सर्वाधिक १ सय १ रन जोडेका थिए । उनले ४६ बलमा १३ चौका र ४ छक्का प्रहार गरेका थिए ।
टि ट्वान्टी आई करियरको आफ्नो पहिलो शतक उनले ४४ बलमा पूरा गरेका थिए । उनको यो शतक श्रीलंकाका लागि टि ट्वान्टी आईमा १४ वर्ष पछि आएको शतक हो । यसअघि सन् २०११ मा तिलकरत्ने दिल्सानले अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका थिए ।
चौथो विकेटका लागि कुशलले कप्तान अशलंकासँग मिले १ सय रनको साझेदारी गरेका थिए । कप्तान अशलंका २४ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४६ रन बनाउँदै आउट भए । ओपनर कुशल मेन्डिस २२, अविष्का फर्नान्डो १७ तथा पथुम निशंका १४ मा आउट भए ।
न्युजिल्याण्डका लागि म्याट हेनरी, जोकब डुफी, जाक्री फुल्केस, मिचेल स्यान्टेनर र ग्लेन फिलिप्सले समान एक विकेट लिए । पहिलो र दोस्रो टि ट्वान्टी जितेको न्युजिल्याण्डले तीन खेलको टि ट्वान्टी आई सिरिज २-१ ले जितको छ । दुई देशको बीचमा आइतवारबाट ओडिआई सिरिज सुरु हुनेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]