3 months ago
December 31, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले आगामी साताबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कप प्रतियोगिता गुमाउने भएका छन् ।
दीपेन्द्रले युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय लिग टि ट्वान्टी(आईएल टि ट्वान्टी) मा सहभागी हुन शुक्रवार त्यसतर्फ जाने भएकाले एलिट कप गुमाउने भएका हुन् ।
‘जनवरी ३ मा त्यसतर्फ जादै छु । अघिल्लो पटक गएर पनि खेल्न पाइन । यो पटक खेल्नेमा आशावादी छु,’ दीपेन्द्रले भने ‘नेपाल प्रिमियर लिग(एनपिएल)मा पनि राम्रो प्रदर्शन गरे । त्यहाँ गएर पनि राम्रो गर्ने प्रयत्न गर्नेछु ।’
दीपेन्द्र नेपालको घरेलु प्रतियोगिताहरुमा विभागिय टोली नेपाल पुलिस क्लबको कप्तान हुन् ।
दीपेन्द्रलाई आईएल टि ट्वान्टीको साविक विजेता गल्फ जायन्ट्सले यस संस्करणको लागि रिटेन गरेको हो । आईएल टि ट्वान्टी प्रतियोगिता पुस २७ गतेबाट सुरु हुनेछ । दीपेन्द्र गत संस्करण नामिबियाका कप्तान जेहार्ड एरास्मसको स्थानमा टिममा अनुबन्धित भएका थिए ।
गत संस्करण जायन्ट्स च्याम्पियन भए पनि दीपेन्द्रले कुनै पनि खेलमा मौका पाएनन् । यो संस्करणको आईएल टि ट्वान्टीमा नेपालका अर्का अलराउण्डर कुशल मल्ल पनि डेजर्ट भाइपर्स टिममा अनुबन्ध भएका छन् ।
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]
March 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर सूर्य तामाङले ५ विकेट लिएसँगै प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बागमती प्रदेशले कोशीलाई सहजै हराएको छ। दाङमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई १ सय ३१ रनले पराजित गरेको हो । २ सय ४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १ सय ९ रनमा समेटियो । कोशीका लागि अइस […]