default_image

1 month ago

December 30, 2024

न्युजिल्याण्डलाई एक खेल अगावै सिरिज

507 views

0 Bookmark

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले श्रीलंकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ ।

न्युजिल्याण्डले सोमवार भएको दोस्रो टि ट्वान्टी आई ४५ रनले जितेको छ । पहिलो टि ट्वान्टी आईमा घरेलु टोली ८ रनले विजयी भएको थियो ।

१ सय ८७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९.१ ओभरमा १ सय ४१ रन मात्र जोड्न सक्यो ।

श्रीलंकाका कुशल परेराले सर्वाधिक ४८ रन जोडे । परेराले ३५ बलमा ४ चौका र २ छक्का प्रहार गरे । ओपनर पथुम निशंका २८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३७ रनमा आउट भए ।

कप्तान चरिथ असलंका १६ बलमा २०, कुशल मेन्डिस १२ बलमा १० रन बनाउँदै आउट भए । एक समय १ सय २७ रनमा मात्र ३ विकेट गुमाएर बलियो अवस्थामा रहेको श्रीलंकाले बाँकी ७ विकेट १४ रन जोड्दा गुमायो । श्रीलंकाका ३ खेलाडीले रनको खाता खोल्न नसक्दा ७ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्याण्डका जाकोब डफिले ४ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए । कप्तान मिचेल स्याट्नर र म्याट हेनरीले समान २ तथा जाक्रि फल्केस र माइकल ब्रेसवेलले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रनको योगफल तयार गरेको थियो ।

न्युजिल्याण्डका लागि मार्क च्याम्पम्यानले ४२ रन जोडेका थिए । उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे।

दोस्रो विकेटका लागि च्याम्पम्यान र टिम रोविन्सनले ६९ रनको साझेदारी गरे । रोविन्सनले ३४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४१ रन जोडे ।

मिचेल हे १९ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा नट आउट रहँदा ग्लेन फिलिप्स २३ रनमा आउट भए ।

श्रीलंकाका वानिन्दु हसरंगाले २ तथा नुवान तुषारा र मथिशा मथिरानाले समान १ विकेट लिए । तेस्रो टि ट्वान्टी आई बिहीवार हुनेछ ।

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 5, 2025

पूजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]

Success

Thank you for your time.