2 months ago
December 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरी शारदा ग्रुपको ओमोडा एन्ड जेइकोको ब्राण्ड एम्बेसडर बनेका छन्।
शारदा ग्रुपका अध्यक्ष शिव रतन शारदा र दीपेन्द्रले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता ३ वर्षको लागि रहेको बताइएको छ। सम्झौता रकम भने खुलाइएको छैन।
दीपेन्द्रले शारदा ग्रुपसँग जोडिन पाउँदा खुसी लागेको बताए। नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट खेलाडी बन्दै दीपेन्द्रले ६२ लाख मुल्यको कार प्राप्त गरेकोमा नेपाल क्रिकेट संघ (क्यान) र शारदा ग्रुपलाई धन्यवाद दिए। यस्तो हौसलाले अन्य खेलाडीलाई पनि क्रिकेट खेल्न प्ररित गर्ने उनले बताए।
दीपेन्द्रलाई गाडीको साँचो हस्तान्तरण गर्दै शारदा ग्रुपले उनले एनपिएलमा प्राप्त गरेको गाडी हस्तान्तरण पनि गरेको छ।
दीपेन्द्रले बुवा र आमाको उपस्थितिमा गाडी लिए। सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रले एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनको टोली फाइनलमा पुगेको थियो।
नेपाली क्रिकेटको इतिहासमा कार पुरस्कार पाउने उनी पहिलो खेलाडी समेत बनेका छन्। ब्रान्ड एम्बेसडरको रुपमा दीपेन्द्रको यो पाँचौं सहकार्य हो। यसअघि उनी ब्रान्ड एम्बेसडरको रूपमा अर्ना, ग्रेस, ई-सेवा र एक्स- एजसँग पनि जोडिएका छन।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]