2 months ago
December 30, 2024
एजेन्सी – इङ्ग्ल्याण्डमा अर्को वर्ष आयोजना हुने वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकाले स्थान सुरक्षित गरिसकेको छ।
फाइनल पुग्ने अर्को टोलीका लागि ३ देशको प्रतिस्पर्धा रहेको छ । डब्लुटिसी सन् २०२५ को जुन ११ देखि १५ तारिख सम्म हुनेछ।
मेलवर्न क्रिकेट स्टेडियममा सोमवार सकिएको टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले पराजित गरेसँगै फाइनलमा स्थान बनाउन टोलीहरुलाई थप सहजता मिलेको छ ।
यस्तो छ वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा छनोट हुने बाटो
दक्षिण अफ्रिका शनिवार पाकिस्तानलाई पराजित गर्दै डब्लुटिसीको फाइनलमा पुगेको छ । अब फाइनल पुग्ने अर्को टोलीका लागि भारत, अस्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा रहेको छ ।
१) अस्ट्रेलिया
अस्ट्रेलियाले शुक्रवार भारतविरुद्ध सुरु हुने सिड्नी टेस्ट जितेमा फाइनलका लागि छनोट हुनेछ । सिड्नी टेस्ट बराबरीमा सकिएमा अस्ट्रेलियाले अर्को महिना श्रीलंकाविरुद्ध हुने दुई खेलको टेस्ट सिरिजमा कम्तिमा एक खेल जित्नुपर्ने हुन्छ ।
२) भारत
भारतका लागि फाइनल छनोटको आशा कायमै राख्न सिड्नी टेस्टमा जित आवश्यक छ । सिड्नी टेस्ट जितेर मात्र भारत फाइनलका लागि छनोट हुँदैन । उसको फाइनल सम्भावना जीवितै राख्न श्रीलंकाले अर्काे महिना अस्ट्रेलियाविरूद्धकाे सिरिजमा एक खेल बराबरी खेली एक खेल जित्नु पर्ने हुन्छ ।
३) श्रीलंका
श्रीलंकालाई डब्लुटिसीको फाइनलमा छनोटका लागि भारत र अस्ट्रेलियाबिचको सिड्नी टेस्ट बराबरीमा सकिनु पर्नेछ । त्यसपछि अस्ट्रेलियासँग हुने दुवै टेस्ट जितेमा श्रीलंका डब्लुटिसीको फाइनल पुग्नेछ ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]