default_image

2 months ago

December 30, 2024

भारतलाई हराउँदै अस्ट्रेलिया फाइनल नजिक

3014 views

0 Bookmark

एजेन्सी – भारतलाई बोर्डर गावास्कर ट्रफीको चौथो टेस्टमा हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ ।

मेलवर्न क्रिकेट स्टेडियममा सोमवार सकिएको टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले पराजित गरेको हो ।

जितसँगै अस्ट्रेलियाले भारतविरुद्धको ५ टेस्टको सिरिजमा २-१ को अग्रता बनाएको छ । सिड्नीमा शुक्रवार सुरु हुने पाचाैं तथा अन्तिम टेस्ट जितेमा अस्ट्रेलिया डब्लुटिसीको फाइनल पुग्नेछ ।

दोस्रो इनिङमा ३ सय ४० रनको लक्ष्य पछ्याएको भारत १ सय ५५ रनमा अलआउट भएको थियो।

भारतका लागि ओपनर यसश्वी जैसवालले सर्वाधिक ८४ रन जोडे । उनले २ सय ८ बलमा ८ चौका प्रहार गरे । टि समयसम्म १ सय १२ रनमा ३ विकेट मात्र गुमाएर बलियो स्थितिमा रहेको भारतले ४३ रन जोड्दा बाँकी ७ विकेट गुमाउन पुग्यो ।

ऋषभ पन्त ३० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अस्ट्रेलियाका लागि कप्तान प्याट कमिंस र स्कट बोल्याण्डले समान ३ तथा नाथन लायनले २ विकेट लिए ।

अस्ट्रेलियाले दोस्रो इनिङमा २ सय ३४ रन बनाएपछि भारतले ३ सय ४० रनको लक्ष्य पाएको थियो।

घरेलु टोलीका मार्नस लाबुस्छेन ७० रनमा आउट हुँदा माथिल्लो क्रममा ब्याटरहरु चल्न सकेनन् । कप्तान प्याट कमिंस ४१, ओपनर उस्मान ख्वाजा २१ तथा स्टिभ स्मिथ १३ रनमा आउट भए ।

नाथन लायन ४१ रनमा आउट हुँदा स्कट बोल्याण्ड १५ रनमा नट आउट रहेका छन् । भारतका लागि जसप्रित बुमराहले ५ तथा मोहम्मद सिराजले ३ विकेट लिए ।

पहिलो इनिङमा भारत ३ सय ७९ रनमा समेटियो ।भारतका लागि नितिश कुमार रेड्डी सर्वाधिक १ सय १४ रन जोडेका थिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा ४ सय ७४ रनमा बनाएको थियो । टोलीका स्टिभ स्मिथले सर्वाधिक १ सय ४० रन जोडेका थिए ।

पहिलो टेस्ट भारतले २ सय ९५ रनले जितेको थियो । अस्ट्रेलियाले दोस्रो टेस्ट १० विकेटले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिएको थियो।

February 24, 2025

बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा न्युजिल्याण्ड

एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.