default_image

1 month ago

December 29, 2024

किंग्स, ग्रेट हिमालय र टिम बिडिएस स्युचाटार लिगको क्वाटरफाइनलमा

358 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन आइतवार ७ खेल भएका छन् ।

आजको खेलमा बिएमडिमएस, स्टुडियो सेभेन, किंग्स क्रिकेट एकेडेमी, बिडिएस, ग्रेट हिमालय क्रिकेट एकेडेमी र कालिका वारियर्स विजयी भएका छन् ।

पहिलो खेलमा समुह सी अन्तर्गत बिएमडिएसले स्याङ्जालाई ३२ रनले पराजित गर्यो । ९० रनको लक्ष्य पाएको स्याङ्जाले ५७ रनमा नै अल आउट भएको थियो । प्लेयर अफ द म्याच घोषित बिएमडिएसका निरज भट्टले ३ विकेट लिनुको साथै १५ रन पनि बनाए ।

दोस्रो खेलमा समुह बि अन्तर्गत स्टुडियो सेभेनले नेक्सस क्रिकेट एकेडेमीलाई १४ रनले पराजित गर्यो । ७० रनको लक्ष्य पाएको नेक्ससले ५५ रनमा अल आउट भयो । प्लेयर अफ द म्याच घोषित सन्देश क्षेत्रीले ३ विकेट लिए।

तेस्रो खेलमा समुह बि अन्तर्गत किंग्स क्रिकेट एकेडेमीले लगातार चौंथो जित दर्ता गर्ने क्रममा स्मार्ट ए केयरलाई ४१ रनले पराजित गर्यो ।

८६ रनको लक्ष्य पछ्याउने क्रममा स्मार्ट ए केयरले ४४ रनमा अल आउट भयो । प्लेयर अफ द म्याच घोषित भएका आश्रय बस्नेतले २७ रन बनाए । किंग्स समुह विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ।

चौथो खेलमा समुह सी अन्तर्गत बिडिएसले बिएमडिएसलाई १२ रनले पराजित गर्यो । ७९ रनको लक्ष्य पछाएको बिएमडिएसले ६६ रनमा अल आउट भयो । प्लेयर अफ द म्याच घोषित बिडिएसका बसन्त खत्रीले २३ रन बनाउनुको साथै १ विकेट लिए ।

पाँचौं खेलमा समुह डी अन्तर्गत लगातार तेश्रो जित दर्ता गर्ने क्रममा ग्रेट हिमालय क्रिकेट एकेडेमीले मिक्समाण्डुलाई १८ रनले पराजित गर्यो ।

८० रनको लक्ष्य पछ्याउने क्रममा मिक्समाण्डुले ६१ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच घोषित क्रिस कार्कीले २ विकेट लिनुको साथै ७ रन पनि बनाए । जित पछि ग्रेट हिमालय क्वार्टरफाइनल पुग्ने पक्का भएको छ।

छैठौँ खेलमा टिम बिडिएसले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा हिमालयन क्रिकेट एकेडेमीलाई ७० रनले पराजित गर्यो।

१ सय ४ रनको लक्ष्य पछाएको हिमालयन क्रिकेट एकेडेमीले ३३ रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच घोषित टिम बिडिएसका जतिन थापाले ५३ रन बनाए। जित पहि बिडिएस क्वार्टरफाइनल पुगेको छ।

सातौं खेलमा कालिका वरियर्सले स्याङ्जा एभेन्जर्सलाई ४६ रनले पराजित गर्यो। कालिकाले दिएको ८१ रनको लक्ष्य पछ्याउने क्रममा स्याङ्जाले ३४ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित लकी कडायतले ३४ रन बनाए।

प्रतियोगिता अन्तर्गत सोमबार चौंथो दिन लिग चरणका ७ खेल हुनेछन्। प्रतियोगिता ७ दिन सम्म चल्नेछ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।

February 5, 2025

मोन्टिको सुखद सुरुवात, अनि अकस्मात बहिर्गमन!

भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]

February 5, 2025

पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]

February 4, 2025

अर्जुन ट्रफी – लोकेशको अर्धशतकमा धनगढीको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]

Success

Thank you for your time.