1 month ago
December 29, 2024
एजेन्सी – भारतसँगको चौथो टेस्टको दोस्रो इनिङमा अस्ट्रेलियाले फराकिलो लिएको छ ।
मेलवर्न क्रिकेट स्टेडियममा जारी टेस्टमा अस्ट्रेलियाले भारतविरुद्ध दोस्रो इनिङमा ३ सय ३३ रनको अग्रता बनाएको छ । चौथो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ९ विकेट गुमाएर २ सय २८ रन जोडेको छ ।
अस्ट्रेलियाका लागि दोस्रो इनिङमा मार्नस लाबुस्छेन ७० रनमा आउट हुँदा माथिल्लो क्रममा ब्याटरहरु चल्न सकेनन् । कप्तान प्याट कमिंस ४१, ओपनर उस्मान ख्वाजा २१ तथा स्टिभ स्मिथ १३ रनमा आउट भए ।
नाथन लायन ४१ र स्कट बोल्याण्ड १० रनमा नट आउट रहेका छन् । भारतका लागि जसप्रित बुमराहले ४ तथा मोहम्मद सिराजले ३ विकेट लिए ।
पहिलो इनिङमा भारत ३ सय ७९ रनमा समेटियो । ९ विकेटको नोक्सानीमा ३ सय ५८ रनबाट भारतले चौथो दिनको खेल सुरु गरेको थियो।
भारतका लागि नितिश कुमार रेड्डी सर्वाधिक १ सय १४ रन जोडे । उनले १ सय ८९ बलमा ११ चौका र १ छक्का प्रहार गरे । आठौं विकेटका लागि वासिटंन सुन्दर र रेड्डीले १ सय २७ रनको शतकीय साझेदारी गरेका थिए । सुन्दर १ सय ६२ बलमा ५० रनमा आउट भए ।
ऋषभ पन्त २८ र रविन्द्र जडेजा १७ रनमा आउट भए । ओपनर यसश्वी जैसवालले ८२ रन जोड्दा अर्का ओपनर तथा कप्तान रोहित शर्माले ३ रन मात्र जोड्न सके ।
विराट कोहली ३६, केएल राहुल २४ रनमा आउट हुँदा आकाश दिपले रनको खाता नै खोल्न सकेनन् । अस्ट्रेलियाका लागि कप्तान प्याट कमिसं र स्कट बोल्याण्डले समान ३ तथा नाथन लायनले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा ४ सय ७४ रनमा बनाएको थियो । टोलीका स्टिभ स्मिथले सर्वाधिक १ सय ४० रन जोडेका थिए ।
बोर्डर गवास्कर ट्रफी टेस्ट सिरिज १-१ को बराबरीमा छ। पहिलो टेस्ट भारतले २ सय ९५ रनले जितेको थियो।अस्ट्रेलियाले दोस्रो टेस्ट १० विकेटले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिएको थियो।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]