default_image

1 month ago

December 28, 2024

रेड्डीको शतकमा फलोअनबाट जोगियो भारत

2299 views

0 Bookmark

एजेन्सी – अस्ट्रेलियासँगको चौथो टेस्टको पहिलो इनिङमा तल्लोक्रमका ब्याटर नितिश कुमार रेड्डीको शतकमा भारत फलोअनबाट बचेको छ ।

मेलवर्न क्रिकेट स्टेडियममा जारी टेस्टमा भारत पहिलो इनिङमा घरेलु टोलीविरुद्ध फलोअन हुनबाट बचेको हो । तेस्रो दिनको शनिवार खेल सकिदा भारतले ९ विकेट गुमाएर ३ सय ५८ रन जोडेको छ । भारत १ सय १६ रनले पछि छ ।

भारतले ५ विकेट गुमाएर १ सय ६४ रनमा तेस्रो दिनको खेल सुरुवात गरेको थियो । आठौं विकेटका लागि वासिटंन सुन्दर र रेड्डीले १ सय २७ रनको शतकीय साझेदारी गरे पछि भारत फलोअन हुनबाट जोगिएको हो ।

सुन्दर १ सय ६२ बलमा ५० रनमा आउट हुँदा रेड्डी १ सय ७६ बलमा १ सय ५ रनमा नट आउट छन् । रेड्डीसँगै २ रन बनाएका मोहम्मद सिराज क्रिजमा छन् ।

ऋषभ पन्त २८ र रविन्द्र जडेजा १७ रनमा आउट भए । ओपनर यसश्वी जैसवालले ८२ रन जोड्दा अर्का ओपनर तथा कप्तान रोहित शर्माले ३ रन मात्र जोड्न सके ।

विराट कोहली ३६, केएल राहुल २४ रनमा आउट हुँदा आकाश दिपले रनको खाता नै खोल्न सकेनन् ।

अस्ट्रेलियाका लागि कप्तान प्याट कमिसं र स्कट बोल्याण्डले समान ३ तथा नाथन लायनले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा ४ सय ७४ रनमा बनाएको थियो । टोलीका स्टिभ स्मिथले सर्वाधिक १ सय ४० रन जोडेका थिए ।

बोर्डर गवास्कर ट्रफी टेस्ट सिरिज १-१ को बराबरीमा छ। पहिलो टेस्ट भारतले २ सय ९५ रनले जितेको थियो।अस्ट्रेलियाले दोस्रो टेस्ट १० विकेटले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिएको थियो।

February 5, 2025

पुजाको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 5, 2025

पूजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]

Success

Thank you for your time.