1 month ago
December 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिता सुरु भएको छ ।
लिग अन्तर्गत पहिलो दिन ६ वटा खेलहरु सम्पन्न भएको छ । शुक्रवार भएका ६ खेलमा किंग्स क्रिकेट एकेडेमी, हसनटार युथ क्लब, स्टुडियो सेभेन, चक्रवर्ती ल कलेज र नवज्योति युवा परिवार विजयी भएका छन् ।
काठमाडौंको स्युचाटारस्थित तारकेश्वर युवा क्लबको इन्डोर खेल मैदान सुरु भएको प्रतियोगिताको उद्घाटन पूर्व अर्थमन्त्रि प्रकाश शरण महत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले ब्याटिंग र बलिंग गर्दै गरेका थिए ।
आज सम्पन्न पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत हसनटार युथ क्लबले चक्रवर्ती कलेजलाई १ विकेटले पराजित गर्यो । ७२ रनको लक्ष्य पाएको हसनटारले ८। १ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो । जितमा प्लेयर अफ द म्याच घोषित हसनटारका श्रीकृष्ण उपाध्यायले नट आउट २६ रन बनाउनुको साथै १ विकेट लिए ।
आजको दोश्रो खेलमा समुह ‘बि’ अन्तर्गत स्टुडियो सेभेनले टिम रेन्सुलाई १६ रनले पराजित गर्यो । ४७ रनको लक्ष्य पछ्याएको टिम रेन्सुले ७.२ ओभरमा ३० रनमा अल आउट भयो । प्लेयर अफ द म्याच घोषित स्टुडियो सेभेनका बिनम क्षेत्रीले ४ विकेट लिए ।
आजको तेश्रो खेलमा समुह ‘ए’ अन्तर्गत नवज्योति युवा परिवारले तारकेश्वर युथ क्लबलाई ५३ रनले पराजित गर्यो । ९२ रनको लक्ष्य पछ्याएको तारकेश्वरले ३८ रनमा अल आउट भयो । प्लेयर अफ द म्याच घोषित नवज्योतिका सिचम खनालले नटआउट ४५ रन बनाए।
आजको चौंथो खेलमा समुह ‘बि’ अन्तर्गत किंग्स क्रिकेट एकेडेमीले नेक्सस क्रिकेट एकेडेमीलाई २ विकेटले पराजित गर्यो। ५१ रनको लक्ष्य पछ्याएको किंग्सले ९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । प्लेयर अफ द म्याच घोषित किंग्सका आश्रय अधिकारीले १ विकेट लिनुको साथै अविजित २२ रन बनाए।
आजको पाँचौ खेलमा समुह ‘ए’ अन्तर्गत चक्रवर्ती ल कलेजले तारकेश्वर युथ क्लबलाई ७ विकेटले पराजित गर्यो। तारकेश्वरले दिएको ३० रनको लक्ष्य चक्रवर्तीले ३ ओभरमा विकेट नगुमाई भेटायो। प्लेयर अफ द म्याच घोषित चक्रवर्तीका इमामुल हकले १४ र बनाउनुको साथै १ विकेट पनि लिए।
आजको छैठौं तथा अन्तिम खेलमा समुह ‘बि’ अन्तर्गत दोश्रो जित दर्ता गर्ने क्रममा किंग्स क्रिकेट एकेडेमीले स्टुडियो सेभेनलाई ३ विकेटले पराजित गर्यो। स्टुडियो सेभेनले दिएको ४६ रनको लक्ष्य किंग्सले ८.३ ओभरमा भेटायो। प्लेयर अफ द म्याच घोषित किंग्सका प्रसिद्ध श्रेष्ठले ३ विकेट लिए।
प्रतियोगिता अन्तर्गत दोश्रो दिन शनिवार ८ वटा खेल हुनेछन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]