3 months ago
December 26, 2024
सुनिल गाउँले,सिमरा
नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता जनकपुर बोल्ट्सका आसिफ शेख र दोस्रो भएको सुदूरपश्चिम रोयल्सका आरिफ शेखलाई बिहीवार सम्मान गरिएको छ ।
वीरगन्ज महानगरपालिका १० को कार्यालयले जनही ५१ हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो । वीरगन्जका आशिफ र आरिफ दाजुभाइ हुन् ।
सम्मान कार्यक्रममा वडाध्यक्ष सुशीलकुमार कानुले एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै वीरगन्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्याएकोमा वीरगन्जवासीलाई गौरवान्वित तुल्याएको बताए ।
सम्मान ग्रहण गर्दै जनकपुर बोल्ट्सका मार्की प्लेयर आशिफले वीरगन्जवासीले देखाएको माया र सम्मानले आफूलाई उर्जा थपिएको बताए ।
यस्तै आरिफले पनि सम्मानप्रति आभार प्रकट गर्दै आगामी दिनमा आफ्नो खेल कौशललाई अझ निखार्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गर्न मेहनत गर्ने बताए ।
कार्यक्रममा वडा समितिका सदस्य, वडा सचिव, वडावासी, खेलप्रेमी, र वडा कार्यालयका कर्मचारीको उपस्थिति थियो ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]