1 month ago
December 26, 2024
एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले जरीवाना गरेको छ ।
मेलवर्नमा जारी रहेको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको चौथो टेस्टमा अस्ट्रेलियाका १९ वर्षीय खेलाडी साम कोन्स्टाससँग विवाद भएपछि कोहलीलाई म्याच फीको २० प्रतिशत जरिवाना र एक डिमेरिट प्वाइन्ट दिइएको हो ।
यो घटना बिहीवार खेलको दशौं ओभरपछि भएको थियो । त्यस समय कोहली र कोन्स्टासको ओभरको बीचमा पिचपार गर्ने क्रममा काँधमा ठोक्किएका थिए।कोन्स्टासका ओपनिङ पार्टनर उस्मान ख्वाजा र अम्पायर माइकल गफले बीचैमा रोकेर विवाद लाई छोट्याएका थिए ।
कोहलीलाई आइसिसीको आचार संहिताको लेभल १ उल्लङ्घन गरेको आरोपमा जरीवाना गरिएको हो । जुन नियम खेलाडी, सहयोगी कर्मचारी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै पनि व्यक्ति (अन्तर्राष्ट्रिय म्याचको दौरान दर्शक सहित) सँग अनुचित शारीरिक सम्पर्कसँग सम्बन्धित रहेको छ । कोहलीले जरीवानालाई स्वीकार गरेकाले अन्य प्रकृया आवश्यक परेन ।
विराटले त्यो मुठभेडलाई उक्साएका अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले च्यानल सेभेनमा कमेन्ट्री गर्दै भनेका थिए । भारतीय क्रिकेट टिमका पूर्व प्रशिक्षक रवि शास्त्रीले स्टार स्पोर्ट्ससँग कुरा गर्दै कोहलीले जे गरे त्यो अनावश्यक भएको बताएका थिए।
यसै खेलमा टेस्ट डेब्यु गरेका कोन्स्टासले बुमराहविरुद्ध ३३ बलमा ३४ रन र मोहम्मद सिराजको बलमा १९ बलमा २० रन जोडेका थिए । कोन्स्टासले ६५ बलमा ६ चौका र २ छक्काको मद्दतमा ६० रन जोड्दै आउट भएका थिए ।
भारत र अस्ट्रेलियाबीचको टेस्टमा यस्ता विवादहरु पटक पटक आउने गरेका छन् । सन् २०१८-१९ मा अस्ट्रेलियाका कप्तान टिम पेनसँग कोहोलीकै विवाद हुँदा सन् २०१४ मा एडिलेडमा शतक प्रहार गर्ने क्रममा विराटको मिचेल जोन्सनसँग झगडा भएको थियो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]