3 months ago
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि एलिट कप नाम राखिएको दुईदिवसीय क्रिकेट प्रतियोगितालाई जय ट्रफी नामकरण गर्दै खेलतालिका सार्वजनिक गरेको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले बिहीवार एलिट कप प्रतियोगिताको खेलतालिका जारी गरेको हो । क्यानका पूर्व अध्यक्ष जय कुमार शाहको नाममा ‘जय ट्रफी’ मेन्स एलिट कप नामाकरण गरिएको छ ।
जय ट्रफी पुस २१ देखि माघ ३ गतेसम्म हुनेछ ।प्रतियोगिताका खेलहरु जनकपुर र विरगंजमा हुनेछ ।
जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष ४ टोली(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता रहने छ ।
सिङ्गल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।
क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा हुनेछ ।
जय ट्रफी एलिट कपको खेल तालिका
जनवरी ५ देखि ६ सम्म
बागमती प्रदेशविरुद्ध मधेश प्रदेश – जनकपुर
नेपाल पुलिसविरुद्ध त्रिभुवन आर्मी क्लब – विरगंज
जनवरी ८ देखि ९ सम्म
त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेश – जनकपुर
मधेश प्रदेशविरुद्ध नेपाल पुलिस क्लब – विरगंज
जनवरी ११ देखि १२ सम्म
नेपाल पुलिस क्लबविरुद्ध बागमती प्रदेश – जनकपुर
त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेश – विरगंज
जनवरी १४ देखि १६ सम्म फाइनल खेल – विरगंज
March 24, 2025
इन्डियन प्रिमियर लिग (आईपीएल) का टोलीहरु अक्सनका दौरान स्टार खेलाडीहरुमात्रै लगानी गर्दैनन् । गल्ली गल्लीमा पुगेर खोजेको प्रतिभालाई पनि स्थान दिन्छन् । सिनियर स्तरको खेल वा घरेलु क्रिकेट नै नखेलेका किन नहोस्, विश्वकै चर्चित र लोकप्रिय क्रिकेट लिग आईपीएलमा अनुभव भन्दापनि प्रतिभालाई प्राथमिकता दिइन्छ । यसले फ्रेन्चाइज टोलीको अक्सनमा मूल्य बचाउन ठूलो भूमिका खेल्दा क्षमता […]
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]