4 months ago
December 26, 2024
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले जय ट्रफी २०८१ का लागि बागमती प्रदेशको कप्तानी गर्ने भएका छन् ।
क्यानले मेन्स एलिट कप प्रतियोगितालाई नामकरण गरेर जय ट्रफीको नाममा आयोजना गर्न लागेको हो । माघको पहिलो साता मधेश प्रदेशको पर्सा र जनकपुरमा हुने प्रतियोगितामा बागमती प्रदेशसँगै ४ टोली खेल्दैछन् । प्रधानमन्त्री कपमा शीर्ष ४ स्थान हासिल गरेका टोली आर्मी, पुलिस, मधेश र बागमतीले जय ट्रफी खेल्दैछन् ।
प्रतियोगिताका लागि बागमती प्रदेशले सन्दीप लामिछानेको कप्तानीमा खेल्ने पक्का भएको छ । हालसम्म बागमतीले अन्तिम टोली भने घोषणा गरेको छैन । सन्दीपसँगै नेपाल प्रिमियर लिगमार्फत नेपाली क्रिकेटमा पुनरागमन गरेका तीव्र गतिका बलर नन्दन यादव पनि बागमतीको टोलीबाट खेल्ने तयारी गरिरहेका छन् ।
टोलीको प्रशिक्षकमा कलाम अली रहेका छन् ।
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ । नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिलो बलिङ रोज्दा टोलीमा एक परिवर्तन गरेका छन् । बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डलको स्थानमा बायाँ हाते स्पिनर विपिन प्रसाद शर्माले प्लेइङ-११ […]
April 15, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को रोमान्चक खेलमा कोलकाता नाइट राइडर्सलाई कम योगफलको खेलमा पन्जाब किङ्सले १६ रनले हराएको छ। आइपिएल इतिहासमा पहिलो ब्याटिङ गर्ने टोलीले जोगाएको यो सबैभन्दा कम योगफल हो । जितको लागि १ सय १२ रनको सहज लक्ष्य पछाएको कोलकाता १५.१ओभरमा मात्र ९५ रनमा अल आउट भयो। कोलकाताले जित निकाल्ने राम्रो […]