1 month ago
December 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली अलराउण्डर कुशल मल्ल युएईमा आयोजना हुने आइएल टि ट्वान्टी लिग खेल्ने भएका छन् ।
नेपाली अलराउण्डर कुशललाई अनुबन्ध गरेको आइएल टि ट्वान्टीको टोली डेजर्ट भाइपर्सले सामाजिक सञ्जालमार्फत जनाएको छ ।
क्लबका अनुसार कुशलले घाइते भएका नेदरल्याण्ड्सका अलराउण्डर बास डि लिडेको स्थान लिने छन् ।
नेपालका अर्का अलराउण्डर दीपेन्द्रसिंह ऐरीलाई भने गल्फ जायन्ट्सले यसअघि नै रिटेन गरिसकेको छ । युएईको आधाकारिक टि ट्वान्टी लिग जनवरी पहिलो साता आयोजना हुँदैछ ।
शनिवार सकिएको नेपाल प्रिमियर लिग(एनपिएल) मा कुशलले चितवन राइनोजको कप्तानी गरेका थिए ।
भाइपर्सको कप्तानी न्युजिल्याण्डका तीव्र गतिका बलर लकि फर्गुसनले गर्नेछन् । गत संस्करणमा भाइपर्सले पाँचौ स्थानमा रहेर लिग सकाएको थियो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]