2 months ago
December 22, 2024
एजेन्सी – घरेलु टोली युएईले गल्फ टी-२० च्याम्पियनसिपको फाइनलमा कुवेतमाथि २ रनको रोमान्चक जित निकाल्दै उपाधि जितेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कुवेत १९.३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो ।
कुवेतलाई अन्तिम पाँच बलमा च्याम्पियन बन्न तीन रन चाहिँएको अवस्थामा युएईका मोहम्मद जवादुल्लाहले लगातार दुई विकेट लिदै च्याम्पियन बनाए । कुवेतलाई अन्तिम ६ बलमा ८ रन चाहिँएको थियो । मोहम्मद जवादुल्लाहले पहिलो वल वाइड र त्यसपछि मिट भावसारले चौका हानेका थिए । तर दोस्रो बलमा भावसार क्याच र तेस्रो बलमा मोहम्मद शफिक बोल्ड आउट भएपछि कुवेत जित नजिक पुगेर हार्यो ।
१९ औं ओभरमा कुवेतलाई यासिन पटेल र भावसारले जुनैद सिद्दिकलाई २१ रन प्रहार गर्दै जित नजिक पुर्याएका थिए । कुवेतका मित भावसारले ५४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रन बनाए । युएईका अली नासिर, मोहम्मद जवादुल्लाह र सिमरनजीत कंगले २-२ विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट रंगशालामा युएईले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । युएईका तानिस सुरीले ३४, मोहम्मद वासिम १, आसिफ खान २३, एलिसान शराफु र राहुल चोपराले २८ रन जोडे । कुवेतका यासिन पटेल र सैद मोनिबले ३-३ विकेट लिए ।
गल्फ च्याम्पियनसिपमा युएई, कतार, ओमान, साउदी अरेविया, बहराइन र कुवेतको सहभागीता थियो । गतवर्ष पहिलो संस्करणको उपाधि ओमानले जितेको थियो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]