3 months ago
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन् ।
प्रतियोगिताको उत्कृष्ट बलर हुदै ललितले बाइक पाएका हुन् । शनिवार सम्पन्न लिगमा ललित आबद्ध जनकपुर च्याम्पियन भएको थियो । जनकपुरलाई च्याम्पियन बनाउँन ललितले १७ विकेट लिएका थिए । १० खेलमा ४० ओभर गरेका ललितले २ सय १३ रन खर्चिदैं १७ विकेट लिएका हुन् ।
उनी एनपिएलमा सर्वाधिक विकेटकर्ताको सुचीमा शीर्ष स्थानमा सुदूरपश्चिम रोयल्सका स्कट कुग्गेलेइनसँगै रहे । दुवैको नाममा लिगमा १७ विकेट रहेको छ ।
उता, जनकपुर बोल्ट्सका अलराउन्डर जेम्स निशम एनपिएलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । जनकपुरलाई च्याम्पियन बनाउँन बलिङ र ब्याटिङ दुवैमा योगदान गरेका निशम लिगकै सर्वोत्कृष्ट खेलाडी भएका हुन् ।
जनकपुरबाट ९ खेल खेल्दै निशमले १ अर्धशतकसहित २ सय ४७ रन बनाउँनुको साथै ७ विकेट पनि लिएका छन् ।
दीपेन्द्रले पाए कार
एनपिएलमा नेपाली खेलाडी मध्येका सर्वोत्कृष्ट हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् । उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्याउन सफल दीपेन्द्रले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् ।
उनले ओमोडाको ६२ लाख रुपैयाँ मुल्यको कार प्राप्त गरेका हुन् । प्रतियोगितामा दीपेन्द्रले २ सय २७ रन बनाउँदा ९ विकेट हात पारेका थिए ।
कर्णालीका विपिन उदीमान
कर्णाली याक्सका विपिन शर्माले एनपिएलको उदीयमान खेलाडीको अवार्ड जितेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।
विपिन चितवन राइनोजसँगको खेलमा प्लेयर अफ द म्याच समेत भएका थिए । उदीयमान खेलाडी बनेका विपिनले नगद रु ५० हजार र १० लाख बराबरको छात्रवृत्ती प्राप्त गरेका छन् ।
इङ्ग्ल्याण्डका जेब प्लेयर अफ द टुर्नामेन्ट
सुदूरपश्चिम रोयल्समा आबद्ध भएका इङ्ग्ल्याण्डका अलराउण्डर सेफ अलि जेब लिगको प्लेयर अफ द टुर्नामेन्ट भएका छन् । उनले लिगको ९ खेलमा २ अर्धशतकको सहयोगमा २ सय ७५ रन तथा १२ विकेट समेत लिएका थिए ।
उनले प्लेयर अफ द टुर्नामेन्ट बन्दै नगद रु ५ लाख प्राप्त गरेका छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]