2 months ago
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण उपाधिका लागि शनिवार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा फाइनल दिउँसो १२ः३० बजे सुरु हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहँदै सुदूरपश्चिम र दोस्रोमा रहँदै जनकपुर प्ले अफमा पुगेको थियो ।
लिग र पहिलो क्वालिफायर दुवैमा जनकपुरमाथि सुदूरपश्चिम विजयी भएको थियो । एनपिएलमा यो दुई टोलीको भेट तेस्रो हुनेछ ।
विजेतालाई आकर्षक ट्रफीका भारी नगद पुरस्कार
पहिलो संस्करणको एनपिएल विजेताले आकर्षक ट्रफी सहित १ करोड १० लाख रुपैयाँ पाउँने छ । दोस्रो टोलीले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
उपाधि जित्ने दुवै कप्तानको दाबी
फाइनल दुवै टोलीका कप्तानले आफूहरुले उपाधि जित्नेमा आशावादी रहेको बताए। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आफुहरुले लिग चरण देखि अहिलेसम्म आउँदा राम्रो प्रदर्शन गरेको बताए । फाइनलमा पनि सोहि लयलाई निरन्तरता दिने प्रयास गर्ने उनको भनाई थियो।
‘हाम्रो प्रदर्शन कस्तो रह्यो तपाइहरु सबैले देख्नु भएको नै छ । आज पनि २ घण्टा अभ्यास गर्यौ,’ कप्तान ऐरीले भने ‘समग्रमा हाम्रो तयारी राम्रो नै रहेको छ । उपाधि जित्ने अन्तिम तयारीमा छौं ।’
खेलाडीहरु सबै जना लयमा रहेको कारण उपाधि जित्नेमा जनकपुरका कप्तान आसिफ शेख पनि ढुक्क देखिए ।
‘अहिलेसम्मका खेलहरु राम्रै भएको छ । फरक फरक विकेटमा खेल्दै लो स्कोरिङ र हाइ स्कोरिङ म्याचहरु खेलेका छौं,’ कप्तान आसिफले भने ‘सबै जना राम्रो लयमा देखिरहनु भएको छ । अब लास्ट १ गेम बाँकी रहेको छ । यसमा राम्रो प्रदर्शन गर्नेमा ढुक्क छौ ।’
जनकपुरमाथि सुदूरपश्चिम हाबी
लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए । दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो । लिग चरणको १८औं खेलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने भएका थिए । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो हार चखाएको थियो ।
सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर ५१ रनको झिनो स्कोरमा समेटिएको थियो । लिग चरणमा शीर्ष दुईमा रहेका यि दुवैले पहिलो क्वालिफायर खेलेका थिए । बुधवारको पहिलो क्वालिफायरमा यि आमनेसामने भएका थिए । पहिलो क्वालिफायरमा पनि जनकपुरमाथि हाबी सुदूरपश्चिमले ८ विकेटको फराकिलो जित हात पारेको थियो ।
पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधै फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको हो । दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो ।
एनपिएलको एल क्लासिको भिडन्त
एनपिएलमा समर्थकका हिसाबले जनकपुर र सुदूरपश्चिमबीचको खेललाई एल क्लासिको भिडन्तका रुपमा लिइन्छ । एनपिएलको टिमहरुमा फ्यानबेसमा जनकपुर र सुदूरपश्चिम अगाडि छन् । यि दुईबीचको उपाधी भिडन्तले मैदान तातिने नै छ । त्यो भन्दा बढी मैदान बाहिर तातोपन देखिने पक्का छ ।
दुवै टोलीको सम्भावित प्लेइङ-११
जनकपुरका नियमित कप्तान अनिल शाहको अनुपस्थितीले टोलीको केही सन्तुलन बिग्रेको छ । यद्यपी टोलीमा विकल्प छ । जनकपुरले फाइनल खेलमा पनि दोस्रो क्वालिफायरमा खेलाएको सेट नै मैदान उतार्ने सम्भावना छ ।
जनकपुर बोल्ट्सको सम्भावित प्लेइङ-११
आकाश त्रिपाठी, आसिफ शेख, लाहिरु मिलान्था(विकेटकिपर), हर्ष ठाकर, जेमी निशम, शुभ कसांकार, मोहम्मद मोहसिन, शेर मल्ल, मयन यादव, किशोर महतो र ललित राजवंशी।
कप्तान दीपेन्द्रसिंह ऐरी लगायत धेरै आफ्नै क्षेत्रका खेलाडीलाई टोलीमा राखेको सुदूरपश्चिम प्रतियोगिताको बलियो टोलीका रुपमा फाइनल पुगेको छ । सुदूरपश्चिमले पनि पहिलो क्वालिफायरमा जनकपुरविरुद्ध खेलेको टिमलाई निरन्तरता दिने सम्भावना छ ।
सुदूरपश्चिम रोयल्सको सम्भावित प्लेइङ-११
दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह, विनोद भन्डारी(विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर।
कार पाउने नेपाली खेलाडी को बन्लान्
एनपिएलको उपाधिसँगै कुन नेपाली खेलाडी कार जित्ला भन्ने चासो पनि दर्शकमा रहेको छ ।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका बलर ललितनाराण राजवंशी तथा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेललाई कारको मुख्य दाबेदारका रुपमा हेरिएको छ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]