3 months ago
December 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला यू१९ एसिया कप अन्तर्गत सुपर ४ को अन्तिम खेलमा नेपाललाई ९ विकेटले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।
मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । खेलमा जित हासिल गर्ने टोली फाइनल प्रवेश गर्ने समीकरण रहेको थियो । भारतले भने यस खेल अगावै उपाधि भिडन्तमा स्थान बनाएको थियो । नेपालले प्रतियोगितामा तेस्रो स्थानमा चित्त बुझाएको छ ।
टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन जोड्यो । जवाफमा बंगलादेशले दशौं ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
बंगालदेशका लागि ओपनर फाहोमिदा चोयाले ३ चौकासहित नटआउट २६ रन जोडिन् । अर्की ओपनर मोसमत इभाले २१ बलमा १ छक्कासहित १८ रनको योगदान दिइन् । उनी कुसुमको बलमा बोल्ड भएकी थिइन् ।
त्यसअघि नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पुजा महतो ९ र एलिशा यादवले ८ रन बनाए । नेपालका ४ ब्याटर रनआउट हुन पुगेका थिए ।
पावरप्ले देखि नै रनका लागि संघर्ष गरेको नेपालले ठूलो सट खेल्न सकेन । नेपालका लागि एलिसाले २ तथा सावित्री र पुजाले १-१ चौका प्रहार गरेका थिए ।
सुपर ४ को शीर्षस्थानमा रहेर भारतले फाइनलमा स्थान पक्का गरेको हो । भारतको ७ अंक जोड्दा बंगलादेशले ६ र नेपाल ४ अंक जोड्यो । श्रीलंकाले ३ अंक मात्र जोड्न सक्यो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]