default_image

3 months ago

December 20, 2024

यू१९ एसिया कप: बंगलादेशले टस जित्यो

1299 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा वर्षा रोकिएपछि ११ ओभरको खेल हुने भएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा बंगलादेशले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपाली समय अनुसार बिहान ११ः१५ मा हुनु पर्ने टस वर्षाका कारण हुन सकेको थिएन । झन्डै २ घण्टापछि सुरु हुन लागेको खेल प्रति इनिङ ११ ओभरको हुनेछ ।

प्रतियोगिताको फाइनल पुग्न नेपाललाई जितको विकल्प रहेको छैन । भारत ७ अंकसहित फाइनल पुगिसकेको छ । नेपाल र बंगलादेशको समान ४-४ अंक छ । आजको खेलमा अंक बाडेमा नेट रनरेटका आधारमा बंगलादेश फाइनल पुग्नेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् ।

सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग नतिजा विहीन खेल खेलेको थियो । बिहीवारको खेलमा वर्षाका कारण खेल प्रभावित हुँदा नेपालले श्रीलंकासँग अंक बाडेका थिए । सुपर फोरको पहिलो खेलमा भने बंगलादेश भारत यु १९ सँग ८ विकेटले पराजित भएको थियो । आज नै पहिलो खेलमा भारतले श्रीलंकालाई ४ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । पहिलो संस्करणको एसिया कपमा नै नेपालले सुपर फोरमा स्थान बनाएको हो ।

सुपर ४ मा भारत, नेपाल, श्रीलंका र बंगलादेशले स्थान बनाएका छन् । सुपर फोरमा अर्को समूहबाट आएका २ टोलीसँग खेल हुनेछ । सुपर ४ को शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन् ।

फाइनल आइतबार हुनेछ । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो । यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

March 12, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी सुरु चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली […]

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

Success

Thank you for your time.