default_image

2 months ago

December 20, 2024

अव पाकिस्तान क्रिकेट खेल्न भारत जान नपर्ने

10664 views

0 Bookmark

एजेन्सी – पाकिस्तान आईसीसीको प्रतियोगिता खेल्न अव भारत जान नपर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले पाकिस्तान र भारतमा सन् २०२७ सम्म हुने सबै प्रतियोगिता तटस्थ भूमिमा आयोजना गर्ने निर्णय गरेको छ ।

पाकिस्तानले आगमी फेब्रुअरी मार्चमा च्याम्पियन्स ट्रफी आयोजना गर्दैछ । तर भारतले सुरक्षा कारण देखाउँदै आफू पाकिस्तान नजाने बताउँदै च्याम्पियन्स ट्रफी हाइब्रिड मोडलमा गर्न प्रस्ताव गरेको थियो । यसै महिना सुरुवातमा सम्पन्न आईसीसीको बोर्ड बैठकमा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्भीले भारत च्याम्पियन्स ट्रफी खेल्न आफ्नो देश आउनु पर्ने वा आफूहरुले पनि भारतमा गएर नखेल्ने प्रस्ताव गरेका थिए । त्यसै अनुसार आईसीसीले भारत र पाकिस्तानले २०२७ सम्म आयोजना गर्ने सबै प्रतियोगिता तटस्थ भूमिमा आयोजना गर्ने निर्णय लिएको छ ।

योसँगै पाकिस्तानलाई च्याम्पियन्स ट्रफी आयोजना गर्ने बाटो खुलेकोछ । च्याम्पियन्स ट्रफी सन् २०१७ पछि पहिलो पटक हुँदैछ । पाकिस्तानले २०१७ को फाइनलमा भारतलाई १ सय ८० रनले हराउँदै उपाधि जितेको थियो । च्याम्पियन्स ट्रफी २०२५ मा अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, भारत, बंगलादेश, अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तानबीच हुनेछ । सन् २०२३ को एकदिवसीय विश्वकपका शीर्ष ८ टोलीले च्याम्पियन्स ट्रफी खेल्न पाउने छन् ।

२०२६ मा भारत र श्रीलंकाले संयुक्त रुपमा टी-२० विश्वकप आयोजना गर्नेछन् । उक्त प्रतियोगितामा पाकिस्तानका सबै खेल सम्भव त श्रीलंकामा हुनेछन् । २०२५ मा भारतले महिला विश्वकप आयोजना गर्दैछ ।

पाकिस्तान २०१६ मा टी-२० विश्वकप र २०२३ मा एकदिवसीय विश्वकप खेल्न भारत गएको थियो । तर भारत भने गतवर्ष एसिया कप खेल्न पाकिस्तान नजादा आफ्ना सबै खेल श्रीलंकामा गएर खेलेको थियो । भारत सन् २००५-६ पछि कुनैपनि प्रतियोगिता खेल्न पाकिस्तान गएको छैन ।

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

February 24, 2025

न्युजिल्याण्डले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]

Success

Thank you for your time.