default_image

2 months ago

December 18, 2024

अश्विनको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

877 views

0 Bookmark

एजेन्सी – भारतीय स्पिन अलराउण्डर रविचन्द्रन आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

उनले ब्रिसबेनमा अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको केही समयपछि कप्तान रोहित शर्मासँग पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । उनले सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

हालै एडिलेडमा अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा खेलेका अश्विनले २ सय ८७ अन्तर्राष्ट्रिय खेलमा ७ सय ६५ विकेट लिएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ४ हजार ३ सय ९४ रन समेत बनाएका छन् ।

भारतका लागि अनिल कुम्बलेले मात्र ५ सय ३७ टेस्ट विकेट लिएका छन् । ३८ वर्षीय अश्विनले सन् २०२२ को आइसिसी पुरुष टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध एमसीजीमा भएको खेलमा विजयी रन समेत बनाएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि उनले आइपिएल भने खेल्नेछन् ।

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.