2 months ago
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ । काठमाडौं बाहिरिएसँगै प्लेअफ पुग्ने ४ टोलीको निर्धारण भएको छ ।
सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १२.२ ओभरमा कर्णालीमाथि जित हासिल गरेको भए काठमाडौं शीर्ष चारमा रहेर प्लेअफ पुग्ने समीकरण थियो । तर, सुदूरपश्चिमले १२.२ ओभरमा जित निकाल्न नसकेपछि कर्णाली रनरेटमा काठमाडौंलाई पछि पार्दै प्लेअफमा पुग्न सफल भएको हो।
एनपिएलको प्लेअफमा पुग्नै चार वटै टोलीको टुंगो लागेको छ । १० अंकसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले क्वालिफायर १ खेल्ने पक्का भइसकेको छ। जारी खेलमा कर्णालीले जारी खेलमा सुदूरपश्चिमलाई कम्तिमा १२ रनको जित हासिल गरे क्वालिफायर १ खेल्ने छ।
समान अंक रहेको जनकपुर बोल्ट्ससँगै आठ अंक जोडेको चितवन राइनोज पनि प्लेअफमा पुगिसकेका छन् ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]