default_image

2 months ago

December 17, 2024

एनपिएलमा हराएको कुशलको ब्याटिङ कौशल

1943 views

0 Bookmark

भुपेन्द्र जि.सी.

कुशल भुर्तेलका लागि नेपाल प्रिमियर लिगको सुरुवात बिर्सनलायक रहेको थियो । आफूले सामना गरेको पहिलो बलमै पाकिस्तानी सोहेल तन्भिरविरुद्ध फितलो सट खेलेर आउट भएका कुशलको पूरा सिजन रन जोड्ने संघर्षमै सिमित रह्यो ।

कुशलको कमजोर प्रदर्शनकै कारण पनि उनी मार्की तथा कप्तान रहेको पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरियो । ८ टोली सहभागी एनपीएलमा पोखरा ७ खेलमा २ मा जित र ५ मा हारका सातौं स्थानमा रहँदै आउट भयो ।

पोखराले लुम्बिनीसँग १७१ रनको लक्ष्य १० विकेट तथा विराटनगरलाई सुपर ओभरमा हराउन बाहेक अन्यका राम्रो गर्न सकेन । पोखराको सुरुवात नै बिर्सनलायक रह्यो । पहिलो खेलमा चितवन राइनोजसँग १६२ रनको लक्ष्य पछ्याउनेक्रममा ७४ रनमा अल आउट भएको थियो । उक्त खेलमा एक समय टोली ७-६ को दयनीय स्थितिमा थियो ।

त्यसपछि जनकपुर बोल्ट्सविरुद्ध १३८ रन र कर्णाली याक्सविरुद्ध १०३ रनमा अल आउट हुँदै दुवै खेलमा समान ७ विकेटको हार बेहोर्यो । काठमाडौंविरुद्ध १३८ रन बनाउँदै ६ विकेटले पराजित र सुदूरपश्चिमविरुद्ध १५४ रनको लक्ष्य पछ्याउनेक्रममा ५ रनले हार्न पुग्यो ।

कप्तान कुशल भुर्तेलको खराब लय पोखराको कमजोर प्रदर्शनको एक कारण हो । किनभने पोखरालाई ओपनर एन्ड्रिस गौस र दिनेश खरेलले राम्रो सुरुवात दिलाएपनि तेस्रो नम्बरका ब्याटर उनले राम्रो गर्न नसक्दा सबै खेलमा कमजोर ब्याटिङ गर्यो ।

कुशलले ६ इनिङमा कुशल ६५ बल खेल्दै कुल ५४ रन बनाए । औसत ९ रन, स्ट्राइकरेट ८३.०७, ४ चौका र २ छक्का मात्रै सामेल छ । जसमा दुई पटक उनी डक आउट (सुदूर र चितवन) आउट भए । विराटनगरविरुद्ध ३४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१, जनकपुरविरुद्ध ६, कर्णालीसँग १० र काठमाडौंसँग ७ रनमा आउट भए । बलिङ पाँच विकेट उनको नाममा रह्यो ।

कप्तान तथा नेपाली टोलीको प्रमुख खेलाडीको रुपमा यस प्रतियोगितामा निकै कमजोर प्रदर्शन गरेका छन् । जुन स्वयम आफैं पनि सम्झन चाहन्नन् । यस खराब लयमा उनी पनि जवाफविहीन छन् ।’यो खराब लयलाई मैले आफैंले बुझ्न सकेको छैन । यसको कुनै जवाफ छैन’, कुशलले आफ्नो खराब लय बारे भने ।

पोखराको लागि एन्ड्रिस गौसले एक शतक सहित सर्वाधिक २ सय २४ रन बनाए । उनले लुम्बिनीविरुद्ध १०४ रनको ऐतिहासिक शतक हाने । जुन एनपीएलको पहिलो र हालसम्म एक्लो शतक हो । त्यसपछि अर्का ओपनर दिनेश खरेलले १ सय ६२ मध्यक्रमका ब्याटर राइमन रिफले १ सय ४६ रन जोडे । अन्य कुनैपनि ब्याटरले पुरा प्रतियोगिताभर ६० रन कटाउन सकेनन् । किरण ठगुन्ना ३३, नारायण जोशी ३८, दीलिप नाथ ४६, माइकल लिस्क ४४, जेन मलिक १४ र म्याट क्रिच्लेले ५२ रन जोडे ।

गौस र दिनेशलाई ओपनिङ गराउनुको कारण दायाँ र बायाँ हाते सन्तुलन मिलाउन हो । उनीहरुले प्रतियोगिताभर राम्रो सुरुवात दिएका थिए । हामीले परिवर्तन गरेनौं । त्यसमा थपे, ‘मेरोबाट भएन । त्यसको म जिम्मेवारी लिन्छु । यदि कुनै खेलमा मैले राम्रो गरेको भए सिनारियो फरक हुन्थ्यो लाग्छ ।’

बलिङतर्फ विपिन खत्रीले ९, कुशल भुर्तेल, सागर ढकाल र रिफले ५-५ विकेट लिए ।

यसअघि २०२१ को एभरेष्ट प्रिमियर लिगमा कुशलले पहिलो पटक ललितपुर प्याट्रियट्सको कप्तानी गरेका थिए । उनको कप्तानीमा ललितपुर ५ खेलमा ३ मा हार र १ मा जितसहित पाँचौं स्थानमा रहेर बाहिरिएको थियो । उक्त प्रतियोगितामा ५ खेलमा उनले ३८ रन मात्रै बनाएका थिए । कप्तानी भूमिकामा उनी दुबै प्रतियोगितामा असफल रहे ।

एनपीएल मात्रै होईन, नेपालको टोलीबाट पनि पछिल्लो समय उनको प्रदर्शन कमजोर छ । पछिल्लो एक वर्ष लगातार खराब प्रदर्शन गरेपनि टिमले निरन्तर विश्वास गरेको छ । खराब प्रदर्शनको कारण उनले गत सेप्टेम्बरमा क्यानडा भ्रमणमा नेपालले लिग २ मा पहिलो खेलपछि बाहिर गरेको थियो । तीन खेलमा बाहिर भएका उनी टी२० त्रिकोणात्मक सिरिजमा मध्यक्रममा फर्केका थिए । उक्त त्रिकोणात्मक सिरिजमा ओमानविरुद्ध २० र ११ तथा क्यानडाविरुद्ध ७ र १३ रनमा आउट भए ।

दुई महिनाअघि अमेरिका भ्रमणमा टी२० त्रिकोणात्मक सिरिजमा १०, ९२ र ४० रन बनाउँदै लयमा फर्कने संकेत दिएका थिए । तर त्यो एनपीएलमा देखिएन । २०२४ मा उनी नेपाली टोलीबाट टी२० आईमा ५ पटक डक आउट भएका छन् । गत अप्रिलमा एसीसी प्रिमियर कपमा लगातार तीन खेलमा(हङकङ, युएई र साउदी अरेवियाविरुद्ध) डक आउट भएका थिए । एनपीएलमा अधिकांश खेलमा कुशलले ओपनिङ गरेनन् ।

पछिल्लो समय नेपालले सिनियर टोलीबाट आसिफ शेख र अनिल साहलाई ओपनिङ गराएको थियो । लगातार टिमले विश्वास गरेपनि त्यसलाई न्याय गर्न सकेका छैनन् । कुशलले टी२० विश्वकप २०२४ मा केही राम्रो प्रदर्शन गर्न सकेको भए दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध नेपालले सहज जित हात पार्न सक्थ्यो । उनले नेपाली टोलीमा पाउनु पर्ने अवसर पाएका छन् । यदि त्यसलाई न्याय गर्न सक्दैनन् भने टोलीले अन्य खेलाडीलाई त्यो अवसर दिनुपर्छ ।

एउटै खेलाडीले लगातार खराब प्रदर्शन गर्दा निरन्तर मौका दिनु र अर्को राम्रो गरेको खेलाडीलाई अवसर नदिनु पक्कै न्याय होईन । टोलीलाई यस्तो निर्णयले फाइदा पनि पुग्दैन । कुशल र सिनियर टोली म्यानेजमेन्ट गम्भीर हुन आवश्यक छ ।

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.