2 months ago
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ ।
आइतवारको पहिलो खेलमा विराटनगरलाई १ विकेटले हराएपछि काठमाडौंले प्लेअफ सम्भावना कायमै राखेको हो । १ सय १८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन जोडे । उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे । १४औं ओभरको तेस्रो बलमा अनिल खरेलको बलमा प्रतिक आउट भए । लगत्तै पहिलो बलका सामना गरिरहेका कप्तान करण केसीलाई पनि उनले नै बोल्ड आउट गरे ।
राशिद खानले १५ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे । राशिद विराटनगरका कप्तान सन्दीप लामिछानेले बोल्ड आउट गराए ।
ओपनर माइकल लेभिट ६ बलमा १० रन बनाउँदै कप्तान सन्दीपकै बलमा आउट भए । अर्का ओपनर स्टेफन स्किनाजी १ रन बनाउँदै बसिर अहमदको बलमा आउट भए ।
तल्लो क्रमका ब्याटर दिपेश कंडेलले ५ बलमा नट आउट ११ रन जोड्दै रोमाञ्चक जित दिलाए । जेहार्ड एरास्मस ७ बलमा १२ रन जोड्दै विराटनरका कप्तान सन्दीपको बलमा आउट भए । विराटनगरका लागि सन्दीपले ३ तथा अनिल खरेल र क्रिस सोल, बसिर अहमदले समान २ लिए ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटियो ।
विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडे । उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । उनी २०औं ओभरको चौथो बलमा कप्तान करण द्वारा आउट भए ।
ओपनर दिपक बोहोराले २४ बलमा २ चौकाको सहयोगमा २० रन जोडे । दिपक नवौं ओभरको अन्तिम बलमा दिपेश कंडेलको एलबिडब्लु सिकार हुन पुगे ।
स्कट एडवार्डस १४ बलमा १५ रन बनाउँदै जेहार्ड एरास्मसको बलमा बोल्ड आउट भए । बसिर अहमद १३ बलमा १३ बनाउँदै आउट भए ।
बसिरले १५औं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका थिए । त्यसपछिको बलमा साहब आलमविरुद्ध ठूलो सटको प्रयास गर्दा बाउन्ड्रीमा भीम सार्कीबाट क्याच आउट भए ।
ओपनर लोकेस बम ९ बलमा ८ रन बनाउँदै डान डाउनवेथटको एलबिडब्लु सिकार भए । निकोलस किर्तन १९ बलमा १२ रन बनाउँदै रन आउट भए । इस्मात आलम ५ रन बनाउँदै दिपेश कंडेलको बलमा बोल्ड आउट भए ।
काठमाडौंका लागि जेहार्ड एरास्मसले ३, दिपेश कंडेलले २ तथा डान डाउथवेट, करण र शाहब आलमले समान १ विकेट लिए ।
जितसँगै काठमाडौंले प्लेअफ सम्भावना कायमै गरेको छ । सोमवार कर्णाली याक्स र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाडौंले प्लेअफमा स्थान बनाउँनेछ । यसअघि लुम्बिनी लायन्स, विराटनगर, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]