2 months ago
December 14, 2024
एजेन्सी – ओपनर रिजा हेन्ड्रिक्सको शतकमा घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टि ट्वान्टी आईमा पनि शुक्रवार पाकिस्तानलाई पराजित गरेको छ। योसँगै दक्षिण अफ्रिकाले अन्तिम खेलअघि नै सिरिज जितेको छ।
दक्षिण अफ्रिकाले पाकिस्तानमाथि ७ विकेटको जित हात पार्यो । २ सय ७ रनको फराकिलो लक्ष्य १९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रिकाको जितमा हेनड्रिक्सले सर्वाधिक १ सय १७ रन जोडे । उनले ६३ बलमा ७ चौका र १० छक्का प्रहार गरे । उनलाई अब्बास अफ्रिदीले १८औं ओभरको चौथो बलमा इरफान खानबाट क्याच गराए ।
तेस्रो विकेटका लागि हेनड्रिक्स र राशी भान डर डुसनसँग मिलेर १ सय ५७ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याएका थिए ।
डुसनले ३८ बलमा ३ चौका र ५ छक्काको सहयोगमा नट आउट ६६ रन जोडे । डुसन र हेनरिक क्लेसनले चौथो विकेटका लागि नट आउट २५ रनको साझेदारी गरे । क्लासेनले ५ बलमा नट आउट ८ रन जोडे ।
पाकिस्तानका लागि जहादद खानले २ तथा अब्बास अफ्रिदीले १ विकेट लिए ।
त्यसअघि सेन्चुरियनमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ६ रनको योगफल तयार गरेको थियो ।
पाकिस्तानका लागि युवा ओपनर सैयम अयुबले सर्वाधिक ९८ रन जोडे । उनले ५७ बलमा ११ चौका र ५ छक्का प्रहार गरे । बाबर अजामले २० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन जोडे ।
इरफानले १६ बलमा ३० तथा कप्तान मोहम्मद रिजवान ११ रनमा आउट भए । अब्बनस अफ्रिदी ४ बलमा ११ रन जोड्दै नट आउट रहे ।
दक्षिण अफ्रिकाका आटनिल ब्राटमन र दयान घलिमले समान २ तथा जर्ज लिन्डेले १ विकेट लिए । पहिलो टि ट्वान्टी आईमा पाकिस्तान ११ रनले पराजित भएको थियो । तेस्रो खेल शनिवार रहेको छ ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]