2 months ago
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो ।
शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो ।
चितवनका लागि अमरसिंह राउटेलाले सर्वाधिक ४२ रन जोडे । उनले २९ बलमा ३ चौका र २ छक्का जोडे । सन्तोष कार्कीले २५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन जोडे । सन्तोष सन्दीप लामिछानेको बलमा बसिर अहमदबाट क्याच आउट भए । सन्तोषले चौथो ओभरको अन्तिम बलमा जीवनदान पाएका थिए । प्रतिस जिशीको बलमा सन्तोषलाई बाउन्ड्रीमा रहेका बसिर अहमदले क्याच मिस गरेका थिए । त्यस समयमा सन्तोषले ७ रन बनाएका थिए ।
कप्तान कुशल मल्लले २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । कुशल क्रिस सोलको बलमा प्रतिस जिशीबाट समातिए । रवि बोपारा २४ बलमा २० रन जोड्दै सुवास भन्डारीको बलमा बोल्ड आउट भए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा क्रिस सोल, बसिर अहमद र सुवास भन्डारीले समान १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको थियो ।
विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडेका थिए । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । प्रतियोगिताको आफ्नो पहिलो अर्धशतक उनले ३९ बलमा पूरा गरेका थिए ।
पाँचौ विकेटका लागि ओपनर मार्टिन गप्टिल र अहमदले ६५ रनको साझेदारी गरे । गप्टिलले ३५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४५ रन बनाए। उनी कुशल मल्लको बलमा बोल्ड आउट भए । राजेश पुलामी मगरले नट आउट ३३ रन बनाए । उनले २० बलमा १ चौका र ३ छक्का प्रहार गरे ।
छैठौं ओभरका लागि अहमद र राजेशले ८३ रनको साझेदारी गरे । विराटनगरले अतिरिक्तमा २३ रन पाएको थियो । विराटनगरले पछिल्लो ५ ओभरमा ७४ रन बनाएको थियो ।
चितवनका लागि रिजन ढकालले २ तथा बासिल हमिद, कुशल मल्ल र सोहेल तन्भिरले समान १ विकेट लिए ।
जितका साथ विराटनगर ६ खेलमा २ जित र ४ हारका साथ विराटनगरको ४ अंक भएको छ । जित पछि विराटनगरको प्लेअफ सम्भावना कायमै रहेको छ । प्लेअफमा स्थान बनाउँन विराटनगरका लागि अर्काे खेल जित्न अावश्यक रहेकाे छ । विराटनगरकाे अर्काे खेल अाइतवार काठमाडाैं गुर्खाजसँग रहेकाे छ । यसपछि पनि उसले अरू टाेलीकाे नतिजामा भर पर्नु पर्ने हुन्छ ।
पराजित चितवनको ६ खेल खेलमा ३ जित र ३ हारका साथ ६ अंकमा रहेको छ । चितवनले आफ्नो अन्तिम खेलमा शनिवार जनकपुर बोल्ट्सको सामना गर्नेछ । जनकपुरविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।
आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ५ रनको रोमाञ्चक जित हात पारेको थियो ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]