default_image

2 months ago

December 15, 2024

सन्दीपको नेपाली फ्रेन्चाइज इतिहासकै कमजोर प्रदर्शन

3334 views

0 Bookmark

भुपेन्द्र जि.सी.

नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो इतिहासकै कमजोर प्रदर्शन गरेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप ७ मध्य ४ खेलमा विकेटविहीन रहे ।

विकेटविहीन खेलको हिसाबले उनका लागि यो नेपाली फ्रेन्चाइज लिग इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसअघि सन् २०१६ देखि सुरु भएको नेपाली फ्रेन्चाइज टी-२० लिगमा उनी कुनैपनि प्रतियोगितामा एक भन्दा बढी खेलमा विकेटविहीन बन्नु परेको थिएन ।

सन्दीपले एभरेष्ट प्रिमियर लिग (इपिएल), पोखरा प्रिमियर लिग (पिपिएल) र धनगढी प्रिमियर लिग (डिपिएल) खेलेका छन् । विवादित नेपाल टी-२० लिगका दौरान भने उनी क्यानको निलम्बनमा रहेका कारण सहभागी हुन पाएका थिएनन् ।

सन् २०१८ को पिपिएलमा विराटनगर टाइटन्सबाट उनले फ्रेन्चाइज क्रिकेटमा कप्तानी गर्न थालेका हुन् । उनको पहिलो कप्तानीमा विराटनगर ५ मध्य १ मात्रै जितका साथ लिगबाटै बाहिरिएको थियो । उनले इपिएल २०१७ र २०१८ ज्ञानेन्द्र मल्लको कप्तानीमा ललितपुर प्याट्रीयट्सबाट खेलेका थिए । सन् २०१७ संस्करणमा सबै खेल खेलेपनि बिग ब्यास लिगको कारण २०१८ मा दुई खेल मात्रै खेलेका थिए ।

सन् २०१९ मा पिपिएलको दोस्रो संस्करण भने उनले खेलेका थिएनन् । त्यस्तै धनगढी प्रिमियर लिगको पहिलो संस्करण २०१७ उनले शरद भेषावकरको कप्तानीमा विराटनगरबाट खेलेका थिए ।

२०१८ मा इपिएलमा दुई खेल खेलेपछि विदेशी लिगमा व्यस्त हुँदा २०२१ पछि नेपाली फ्रेन्चाइज लिगमा उनले पूनरागमन गरेका थिए । उनले २०२१ मा काठमाडौं किंग्स-११ बाट कप्तानी गर्दै टोलीलाई प्लेअफसम्म पुर्याएका थिए ।

एनपिएलमा सन्दीपले सुरुवाती ५ खेलमा २० ओभर बलिङ गर्दा १ सय ४४ रन खर्चेर १ विकेट लिए । पछिल्लो २ खेलमा भने उनले ५ विकेट लिँदै लयमा फर्केको संकेत दिए । तर विराटनगर प्रतियोगिताको प्लेअफ समिकरणबाट बाहिरीएपछि मात्र उनको प्रभावशाली बलिङ मैदानमा देखियो ।

सन्दीप विकेट नआउँदा दुःख मान्नु पर्ने अवस्था नभएको बताउँछन् । ‘घरेलु खेलहरुमा कस्तो हुन्छ भने धेरै खेलाडीहरुले मसँग खेलेका छन् । विकेटको लागि अवसरहरु सृर्जना गर्ने हाम्रो काम हो । आउँदैन भनेपनि त्यसमा दुःख मान्नु चाहिँ प्रदैन । कहिले काही आफुले एक एण्डबाट राम्रो बलिङ गर्दा अर्कोतर्फबाट प्रतिश जि.सीले विकेट निकालेको थियो’, सन्दीपले विकेटविहीन यात्रा बारे भनेका थिए ।

त्यसैमा थपे, ‘यो टिमको काम हो । नेपाली टोलीमा मेरो छुट्टै ड्युटी(भूमिका) हुन्छ । नेपाली टोलीमा कसैले डिफेन्स गरेर मैले विकेट पाउछु । यो पार्टअफ लाइफ हो । मेरो लागि पनि यो प्रतियोगिता धेरै सिकाएको छ ।’

पोखरा एभेन्जर्सविरुद्ध सुपर ओभरमा लम्बिएको खेलमा सन्दीप आफैंले बलिङ गर्ने निर्णय लिएका थिए । उक्त खेलमा तीव्र गतिका बलर प्रतिश जिसीको उत्कृष्ट प्रदर्शन भएपनि सन्दीपले आफैंलाई बलिङमा ल्याएका थिए ।

सुपर ओभर गरेका सन्दीपले कुल १८ रन खर्चिन पुगे । सुपर ओभर गर्नु आफ्नो गल्ती भएको खेलपछि सन्दीपले स्वीकारे । ‘हुनसक्छ सुपर ओभर गर्नु मेरो गल्ती भयो । तर मलाई आफूप्रति विश्वास थियो, र त्यो निर्णय लिएको थिएँ । ‘

जारी एनपिएलमा सन्दीपको प्रदर्शन :

जनकपुर बोल्ट्सविरुद्ध: ०-३०

सुदूरपश्चिम रोयल्सविरुद्ध : ०-३१

लुम्बिनी रोयल्सविरुद्ध : १-२६

कर्णाली याक्स : ०-३६

पोखरा एभेन्जर्स : ०-२१

चितवन राइनोज : २-२८

काठमाडौं गुर्खाज : ३-१९

यसअघि नेपालका फ्रेन्चाइज लिगमा सन्दीपको प्रदर्शन छोटकरीमा

इपिएल २०१७, ललितपुर प्याट्रीयट्स

खेल – ७
विकेट – ९
उत्कृष्ट प्रदर्शन : ३-२७ (पोखरा राइनोजविरुद्ध)

विकेटविहीन खेल – १

इपिएल २०१८, ललितपुर प्याट्रीयट्स

खेल : २ (दुवै खेलमा विकेट)

विकेट – ५

उत्कृष्ट प्रदर्शन : ३-२६( चितवन टाइगर्सविरुद्ध)

इपिएल २०२१, काठमाडौं किंग्स ११ (कप्तान)

खेल – ५

विकेट – ५

विकेटविहीन खेल – १

उत्कृष्ट प्रदर्शन : २-३६

डिपिएल, २०१७ विराटनगर किंग्स

खेल – ७

विकेट – १२

उत्कृष्ट प्रदर्शन : ४-२८ (कन्चनपुर आइकोनिक)

विकेटविहीन – १

डिपिएल : २०१८ र २०१९ मा विदेशी लिगको कारण नखेलेका

पिपिएल २०१८, विराटनगर टाइटन्स (कप्तान)

खेल – ५
विकेट – १०
उत्कृष्ट प्रदर्शन : ४-२५ (चितवन राइनोजविरुद्ध)

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.