2 months ago
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले बिहीवार पुजा महतोको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो ।
गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा २ नयाँ अनुहार समावेश गरिएको छ । मनिषा उपाध्यायले टोलीमा स्थान गुमाउँदा किरण कुमारी कुवँर र अनु कडायतले मौका पाएका छन् ।
पहिलो पटक आयोजना हुन लागेको यु १९ महिला एसिया कपमा नेपाल भारत र पाकिस्तानसँगै समूह ‘बी’ मा रहेको छ । एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पुस १ गते (डिसेम्बर १६) र भारतसँग पुस २ गत (डिसेम्बर १७) प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।
यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।
नेपाली टोली
सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]