1 month ago
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ ।
टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुर बोल्ट्स ब्याटिङ रोजेका हुन् ।
बुधवार लुम्बिनी लायन्ससँग खेलेको टिममा काठमाडौंले कुनै परिर्वतन गरेको छैन ।
काठमाडौं गुर्खाजको प्लेइङ–११
करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, दीपेश कंडेल, रसिद खान, सुमित महर्जन, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी, डान डाउथवेट
बुधवार सुदूरपश्चिम रोयल्ससँग खेलेको टिममा जनकपुरले १ परिवर्तन गरेको छ । जनकपुरले जोशुवा ट्रम्पले स्थानमा मोहम्मद मोहसिनलाई मौका दिएको छ ।
जनकपुर बोल्ट्सको प्लेइङ-११
अनिल शाह(कप्तान), आसिफ शेख, लाहिरु मिलान्था(विकेटकिपर), हर्ष ठाकर, जेमी निशम, शुभ कसांकार, मोहम्मद मोहसिन, शेर मल्ल, अरनिको यादव, किशोर महतो र ललित राजवंशी।
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर […]
January 14, 2025
धनगढी (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले हरायो। फाप्ला क्रिकेट मैदानमा १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो । कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी पुरुष एलिट कपको फाइनलको पहिलो दिन मंगलवार खराब मौसमको कारण १७ ओभरको खेल मात्र सम्भव भएको छ। वीरगंजमा मौसमले प्रभाव पारेको खेलमा नेपाल पुलिस क्लबले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनायो। उसका लागि कुशल भुर्तेलले पहिलो दिन अविजित अर्धशतकीय पारी खेले। मौसमको लारण टस ढिला भयो। टस जितेको […]