default_image

3 months ago

December 11, 2024

जनकपुरमाथि सहज जितका साथ सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो

2093 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्समाथि सहज जितका साथ सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा उक्लिएको छ ।

बुधवारको पहिलो खेलमा जनकपुरलाई ७२ रनले हराउँदै सुदूरपश्चिम लिगको शीर्ष स्थानमा उक्लिएको हो । १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुरले १२.१ ओभरमा अल आउट हुदै ५१ रन मात्र जोड्न सक्यो । यो एनपिएलमा बनेको सबैभन्दा कम स्कोर हो । यसअघि पोखरा एभेन्जर्स चितवन राइनोजविरुद्ध ७४ रनमा अल आउट भएको थियो ।

जनकपुरका लागि जोशुवा ट्रम्पले सर्वाधिक १३ रन जोडे । उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लाहिरु मिल्न्था ७ रन बनाउँदै आउट भए ।

ओपनर आसिफ शेख ४, कप्तान अनिल शाह रनको खाता नखोल्दै र हर्ष ठाकर ५ रन बनाउँदै आउट भए । सुदुरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले समान २ तथा स्कट कुगेलेन, नरेन साउद, सेफ अलि जेब र हर्मित सिंहले समान १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल तयार गरेको थियो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भन्डारीले सर्वाधिक ३३ रन जोडेका थिए । तेस्रो विकेटका रुपमा आउट भएका विनोदले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै शेर मल्लको बलमा ट्रम्पबाट क्याच आउट भएका थिए ।

सेफ अलि जेबले २१ बलमा २ छक्काको सहयोगमा २१ रन बनाएका थिए । पहिलो विकेटका रुपमा सेफ आठौं ओभरको चौथो बलमा आउट भए ।

सेफ हर्षको बलमा अरनिको यादवबाट क्याच भए । इशान पान्डेले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन जोडे । इशान किशोर महतोको बलमा जिमी निशमबाट समातिए ।

१८औं ओभरमा जनकपुरका तीव्र गतिका बलर किशोर महतोले ४ विकेट लिएपछि टोली पूर्णत खेलमा हाबी बनेको थियो । पावर प्लेमा सुदूरपश्चिमले कुनै विकेट नगुमाई ४२ रन जोडेको थियो । पछिल्लो १४ ओभरमा ८१ रन जोड्दै ९ विकेट गुमाएको थियो ।

दोस्रो विकेटका रुपमा यसै खेलबाट एनपिएल डेब्यु गरेका हर्मित सिंह आउट भएका थिए । सिंहले ३ बलमा १ रन मात्र जोड्न सके । सिंहलाई शेर मल्लले बोल्ड आउट गरे ।

चौथो विकेटका रुपमा कप्तान दीपेन्द्र रनको खाता नखोल्दै आउट भए । सुदूरपश्चिमको पाँचौ खेल जारी रहँदा कप्तान दीपेन्द्र पहिलो पटक रनको खाता नखोल्दै आउट भएका हुन् ।

दीपेन्द्रले विराटनगर किंग्सविरुद्ध नट आउट ५७, काठमाडौं गुर्खाजविरुद्ध ४३, लुम्बिनी लायन्सविरुद्ध नट आउट ३९ तथा चितवन राइनोजविरुद्ध १ रन बनाएका थिए ।

पाँचौ विकेटका रुपमा बे्रन्डन मक्मलेन ११ रन बनाउँदै आउट भए । १७ बलको सामना गरेका मक्मलेन अरनिकोको बलमा यसै खेलमा एनपिएल डेब्यु गरिरहेका जोशुवा ट्रम्पबाट समातिए ।

आरिफ शेख ६, स्कट कुगेलेन ७ नरेन साउद ३ रनमा आउट भए । अभिनास बोहोरा २ तथा नरेश बुढाऐर ९ रनमा नट आउट रहे । जनकपुरका लागि किशोरले ४ तथा अरनिको यादव र शेरले समान २ तथा हर्ष ठाकरले १ विकेट लिए ।

पाँचौ खेलमा चौथो जित हात पार्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ । पराजित जनकपुर भने पाँचौ खेलमा पहिलो हारका साथ दोस्रो स्थानमा झरेको छ । जनकपुर हारका साथ २ खेल अगाबै प्लेअफ पुग्न चुकेको छ ।

जनकपुरले बिहीबार काठमाडौंसँग खेल्ने छ । सुदूरपश्चिमले आइतवार दिउँसो पोखरा एभेन्जर्ससँग खेल्नेछ । काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सबीच‌ आज दोस्रो खेल हुँदैछ ।

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

Success

Thank you for your time.