default_image

3 months ago

December 11, 2024

लिन्डेको अलराउन्ड प्रदर्शनमा दक्षिण अफ्रिकाको जित

436 views

0 Bookmark

एजेन्सी- जर्ज लिन्डेको अलराउन्ड प्रदर्शनमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई पहिलो टि ट्वान्टी आईमा हराएको छ ।

दक्षिण अफ्रिकाले मंगलवार ११ रनको जित हात पारेको हो । घरेलु टोलीले ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ ।

१ सय ८४ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र जोड्न सक्यो ।

पाकिस्तानका कप्तान मोहम्मद रिजवानले सर्वाधिक ७४ रन जोडे । उनले ६२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर बाबर अजाम रनको खाता नखोल्दै केवेन मफाकाको बलमा आउट भए ।

युवा ब्याटर सैयम अयुबले १५ बलमा ७ चौकाको सहयोगमा ३१ तथा तैयब ताहिरले १८ बलमा १८ रन जोडे ।

दक्षिण अफ्रिकाका जर्ज लिन्डेले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए । केवेन मफाकाले २ तथा ओटिन ब्राटमनले १ विकेट लिए ।

त्यसअघि डर्वनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका डेविड मिलरले सर्वाधिक ८२ रन जोडे । उनले ४० बलमा ४ चौका र ८ छक्का प्रहार गरे । जर्ज लिन्डेले २४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४८ तथा कप्तान हेनरिक क्लेसन र केवेन मफाकाले समान १२ रन बनाए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदी र अबरार अहमदले समान ३ तथा अब्बास अफ्रिदीले २ विकेट लिए । दोस्रो टि ट्वान्टी खेल शुक्रवार हुनेछ ।

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

Success

Thank you for your time.