default_image

3 months ago

December 10, 2024

रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

1392 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा मंगलवारको पहिलो खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो ।

१ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र जोड्न सक्यो ।

चितवनका ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । चौथो विकेटका रुपमा ११औं ओभरको दोस्रो बलमा ल्युकलाइ अभिशेष गौतमले आउट गराए ।

कप्तान कुशल मल्लले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । रवि बोपारा १६ बलमा १२ रन बनाउँदै कप्तान रोहितको बलमा आउट भए ।

ओपनर सन्तोष कार्की पनि तेस्रो ओभरको अन्तिम बलमा आउट भए । उनलाई रामोन सिमण्डले आशुतोष घिरैयाबाट क्याच आउट गराए । चौथो ओभरको पहिलो बलमा सोहेल तन्भिर कप्तान रोहितको बलमा कट एण्ड बोल्ड आउट भए । तन्भिर १ रनमा आउट भए ।

रोहितले नै चौधौं ओभरको तेस्रो बलमा जान निकोललाई एलबिडब्लु आउट गराए । जानले ७ बलमा ६ रन जोडे । कप्तान रोहितको बलमा चितवनका ओपनर विपिन रावलले प्रहार गरेको बाउन्ड्री बचाउने क्रममा तीव्र गतीका बलर दुर्गेश गुप्ता घाइते भएर मैदान बाहिरिएका थिए ।

दुर्गेशको स्थानमा फिल्डिङ गर्न सुर्य तामाङ मैदान प्रवेश गरेका थिए । त्यस लगत्तैको अर्को बलमा विपिन पहिलो विकेटका रुपमा आउट भए ।

लुम्बिनीका लागि रोहितले ४ ओभरमा १७ रन खर्चिएर ४ विकेट लिए । रामोन सिमोण्डसले २ तथा साद विन जाफर र अभिशेष गौतमले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो ।

लुम्बिनीका रोहितले सर्वाधिक ८० रन जोडे । उनले ६८ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक रोहितले ४३ बलमा पूरा गरे । रोहित एनपिएलमा दुई अर्धशतक पूरा गर्ने पहिलो नेपाली क्रिकेटर हुन् । रोहितले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका थिए ।

रोहित २ सय ६१ रनका साथ सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा छन् । पाँचौ विकेटका लागि रोहितले साद विन जाफरसँग मिलेर १ सय १४ रनको शतकीय साझेदारी गरे । यो प्रतियोगितामा पाँचौ विकेटका लागि भएको सर्वाधिक रनको साझेदारी हो । प्रतियोगिताका चौथो शतकीय साझेदारी हो ।

रिजन ढकालले दोस्रो ओभरमा नै २ विकेट लिएर चितवनलाई सुरुवातमै हाबी बनाएका थियो । तर, रोहित र जाफरको शतकीय साझेदारीले लुम्बिनी खेलमा फर्किएको थियो ।

जाफरले ३५ बलमा ५२ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । १०औं ओभरको अन्तिम बलमा साद विन जाफरले जीवनदान पाएका थिए । उनी कप्तान कुशलको बलमा सोहेल तन्भिरले सहज क्याच छोडेका थिए । जाफर त्यस समय ५ रनमा रहे । अर्जुन साउद १२ बलमा १५ रन बनाउँदै आउट हुँदा सन्दीप जोरा ४ रनमा नट आउट रहे ।

रिजनले दोस्रो ओभरको पहिलो बलमा आशुतोषलाई १ रनमा बोल्ड आउट गराएका थिए । तेस्रो बलमा उनले उन्मुक्त चन्दलाई शुन्यमा विकेटकिपर विपीन रावलको हातबाट क्याच गराए ।

आठौं ओभरको पहिलो बलमा कप्तान कुशलको बलमा टम मुर्सले जीवनदान पाएका थिए । मुर्सलाई रिजन र जान निकोल लफ्टी इटनबीचको दुविधाको कारण क्याच मिस भएको थियो । त्यही ओभरको चौथो बलमा छक्का प्रहार गरेका मुर्स लगत्तैको बलमा फेरी छक्काको प्रयास गर्दा बाउन्ड्रीमा लफ्टीबाट नै क्याच भए ।

लुम्बिनीले चितवन सामू पावर प्लेमा २ विकेटमा ३३ रन बनाएको थियो । पाँचौं खेलसम्म आईपुग्दा चितवनले कुनै टोलीविरुद्ध ५० रनमाथिको रन खर्चिएको छैन । चितवनले पावर प्लेमा सुदूरपश्चिम रोयल्सविरुद्ध ३ विकेट लिदै सर्वाधिक ४८ रन खर्चिएको थियो ।

चितवनका लागि रिजनले २ तथा रञ्जित कुमार र कुशलले समान १ विकेट लिए । सुरुवाती सबै ४ मा पराजित लुम्बिनी दबाबमा रहेको थियो । पहिलो अंक पाएको लुम्बिनी पाँचौ स्थानमा उक्लिएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

चितवनले ५ खेलमा ३ जित र २ हारसहित तेस्रो स्थानमा छ । चितवनले जितका साथ शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । सुरुवाती दुई खेल जितेको चितवन तेस्रो खेलमा भने पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो ।

पछिल्लो खेलमा भने चितवनले प्रतियोगिताकै बलियो मानिएको टोली सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । शतप्रतिशत जितका साथ जनकपुर बोल्ट्स शीर्ष स्थानमा छ ।

लुम्बिनीले अर्को खेल बुधवार दिउँसो काठमाडौं गुर्खाजसँग खेल्नेछ । चितवनले शुक्रवार दिउँसो विराटनगरको सामना गर्नेछ । आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससँग खेल्दैछ ।

February 25, 2025

दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका

एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

Success

Thank you for your time.