3 months ago
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल र हङकङबीच यु १९ को ३ खेलको एकदिवसीय सिरिज हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार हङकङ यु १९ सँगको एकदिवसीय सिरिजको खेलतालिका र नेपाली टोलीको घोषणा गरेको हो ।
क्यानले अभिषेक तिवारीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सिरिजको पहिलो खेल पुस १ गते हुनेछ ।
त्यसपछि पुस ३ र तेस्रो खेल पुस ५ गते हुनेछ । नेपालले यु १९ विश्व कप एसिया छनोटको तयारीमा यो सिरिज खेल्दैछ । विश्व कप एसिया छनोट आगामी वर्षको अप्रिलमा काठमाडौंमा हुनेछ ।
नेपाली युवा टोली
अभिषेक तिवारी (कप्तान), अफ्रुदिन राईन, सौजन प्रसाद घिमिरे, सुर्यान्सु कोइराला, दयानन्द मण्डल, सोहेल कुवँर, दिलसाद अली, राजेश बोहोरा ११। अप्राजित पौडेल, सन्तोष यादव, निरज कुमार यादव, रोशन विश्वकर्मा, दिपक सेरेला, सिब्रिन श्रेष्ठ, नरेन भट्ट।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]